दोहा कतार – गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसीसी) कतारको द्धितीय उपाध्यक्षको दाबेदार मानिएका रामेछापका सामुयल सुनुवार (साम) ले २०२३-२५ कार्यकालको लागी आफुले दिएको उम्मेदवारी फिर्ता लिएका छन ।
सस्थाको वर्तमान कार्यसमितिको सास्कृतिक संयोजकको जिम्मेवारी सम्हालेका सुनुवारले आगामी कार्यकालमा पनि कार्यसमितिमा रहेर हातेमालो गर्ने इच्छा भए पनि समाज सकारात्मक रुपमा संगठित नभएको देख्दा सहज रुपमा काम गर्ने वातावरण नदेखिएकोले र अन्य केही बिशेष कारणले आफुले दिएको उम्मेदवारी फिर्ता लिएको जनता खबरलाई जानकारी गराएका छन ।
सुनुवारले आफ्नो फेसबुक वालमा उम्मेदवारी फिर्ता लिनुको कारण लेख्दै एउटा पोष्ट सार्बजनिक समेत गरेका छन जुन यसप्रकार छ ।
आदरणीय समाजसेवी एबम बुद्दिजिबी अग्रजज्युहरु, मित्रहरु, सामाजिक अभियन्ता तथा परिषद सदस्य ज्युहरु साथै सम्पुर्ण कतारबासी नेपाली दाजुभाई दिदीबहिनिहरु प्रीय कलाकारहरुमा न्यानो अभिबादन सहित नमस्कार????????
विषय :- उम्मेदवारी फिर्ता लिएको सम्बन्धमा।
गैरआवासीय नेपाली सघ, राष्ट्रिय समन्वय परिषद कतारको आगामी २०२३/२०२५ कार्यकालको कार्यसमितिमा रहेर यहाँहरु सगै हातेमालो गर्ने इच्छा रहे ता पनि विशेष कारणबश उम्मेदवारी फिर्ता लिएको जानकारी गराउन चाहन्छु।
- उम्मेदवारी फिर्ताको कारणहरु :-
-
सर्व प्रथम आफुले नेतृत्व लिएको/आफू आबद्द रहेको संस्थाको पुर्ण जिम्मेवारी निभाउन सक्नु पर्दछ, विभिन्न संस्थाहरुमा आबद्द हुँदा समयको अभाव हुन सक्छ। पद मात्रै लिएर हुदैन, जिम्मेवारी निभाउन सक्नु पर्दछ।
-
समाज सकारात्मक रुपमा संगठित नभएको देख्दा सहज रुपमा काम गर्ने वातावरण पनि देखिएको छैन।
-
मैले त्यो पद ओगट्नु भन्दा अर्को इच्छुक ब्यक्तिले मौका पाउनु हुनेछ।
-
गैरआवासीय नेपाली सघ, राष्ट्रिय समन्वय परिषद कतार सग प्रत्यक्ष/अप्रत्यक्ष साथ-सहयोग हिजो पनि थियो र हमेशा रहि रहने छ।
तपाईंहरुले दिनु भएको माया साथ हौसला सदैब मन मुटु❤️ मस्तिष्कमा यो एक मुठी अन्तिम सास रहुन जेल सम्म रहनेछ❤️
मेरो प्रतिक्रिया बाट कहीं कतै कसैलाई ठेस पुगेको भए क्षमा प्रार्थी छु ।
हार्दिक धन्यवाद????
सामुयल सुनुवार “साम”
प्रतिक्रिया दिनुहोस्