एनआरएनए एनसीसी कतारको द्धितीय उपाध्यक्षको दाबेदार मानिएका रामेछापका सामुयल सुनुवार (साम) ले लिए आफ्नो उम्मेदवारी फिर्ता….

दोहा कतार – गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसीसी) कतारको द्धितीय उपाध्यक्षको दाबेदार मानिएका रामेछापका सामुयल सुनुवार (साम) ले २०२३-२५ कार्यकालको लागी आफुले दिएको उम्मेदवारी फिर्ता लिएका छन ।

सस्थाको वर्तमान कार्यसमितिको सास्कृतिक संयोजकको जिम्मेवारी सम्हालेका सुनुवारले आगामी कार्यकालमा पनि कार्यसमितिमा रहेर हातेमालो गर्ने इच्छा भए पनि समाज सकारात्मक रुपमा संगठित नभएको देख्दा सहज रुपमा काम गर्ने वातावरण नदेखिएकोले र अन्य केही बिशेष कारणले आफुले दिएको उम्मेदवारी फिर्ता लिएको जनता खबरलाई जानकारी गराएका छन ।

सुनुवारले आफ्नो फेसबुक वालमा उम्मेदवारी फिर्ता लिनुको कारण लेख्दै एउटा पोष्ट सार्बजनिक समेत गरेका छन जुन यसप्रकार छ ।

आदरणीय समाजसेवी एबम बुद्दिजिबी अग्रजज्युहरु, मित्रहरु, सामाजिक अभियन्ता तथा परिषद सदस्य ज्युहरु साथै सम्पुर्ण कतारबासी नेपाली दाजुभाई दिदीबहिनिहरु प्रीय कलाकारहरुमा न्यानो अभिबादन सहित नमस्कार????????

विषय :- उम्मेदवारी फिर्ता लिएको सम्बन्धमा।

गैरआवासीय नेपाली सघ, राष्ट्रिय समन्वय परिषद कतारको आगामी २०२३/२०२५ कार्यकालको कार्यसमितिमा रहेर यहाँहरु सगै हातेमालो गर्ने इच्छा रहे ता पनि विशेष कारणबश उम्मेदवारी फिर्ता लिएको जानकारी गराउन चाहन्छु।

  • उम्मेदवारी फिर्ताको कारणहरु :-
  1. सर्व प्रथम आफुले नेतृत्व लिएको/आफू आबद्द रहेको संस्थाको पुर्ण जिम्मेवारी निभाउन सक्नु पर्दछ, विभिन्न संस्थाहरुमा आबद्द हुँदा समयको अभाव हुन सक्छ। पद मात्रै लिएर हुदैन, जिम्मेवारी निभाउन सक्नु पर्दछ।
  2.  समाज सकारात्मक रुपमा संगठित नभएको देख्दा सहज रुपमा काम गर्ने वातावरण पनि देखिएको छैन।
  3. मैले त्यो पद ओगट्नु भन्दा अर्को इच्छुक ब्यक्तिले मौका पाउनु हुनेछ।
  4. गैरआवासीय नेपाली सघ, राष्ट्रिय समन्वय परिषद कतार सग प्रत्यक्ष/अप्रत्यक्ष साथ-सहयोग हिजो पनि थियो र हमेशा रहि रहने छ।
तपाईंहरुले दिनु भएको माया साथ हौसला सदैब मन मुटु❤️ मस्तिष्कमा यो एक मुठी अन्तिम सास रहुन जेल सम्म रहनेछ❤️
मेरो प्रतिक्रिया बाट कहीं कतै कसैलाई ठेस पुगेको भए क्षमा प्रार्थी छु ।
हार्दिक धन्यवाद????
सामुयल सुनुवार “साम”

 

 

सम्बन्धित समाचार