(एनआरएनए) मलेसियाको आठौँ अधिवेशन आउँदो आईतबार राष्ट्रिय कलाकारहरुकाे प्रस्तुतिका साथमा।

nepalijanatakhaba

मलेसिया : गैरआवासीय नेपाली संघ(एनआरएनए) मलेसियाको आठौँ अधिवेशन आउँदो आईतबार जुलाई ३० तारीख होटेल ग्राण्ड कन्टिनेन्टलमा हुने तयारी भएको छ ।

 

नेपालीका लागि नेपाली’ भन्ने मुल नाराका साथ सम्पन्न लागिरहेको छ ‘ अधिबेशनमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले प्रस्तुति दिने छन् ।

 

कार्यक्रममा गायक आनन्द कार्की, नायिका तथा मोडल एलिना रायमाझी, गायिका तथा उदघोषक सोभा त्रिपाठी, कलाकार नम्रता सापकोटा लगायत कलाकारहरुले सांगीतिक मनोरञ्जन दिने अध्यक्ष बिनोद थापाले जनकारी दिएका छन्।

 

अधिबेशनको अवसरमा मलेसियामा रहेको बिभिन्न संघ संस्था समाजसेवी, पत्रकार, मिडियाकर्मी तथा खेलाडी हरुलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको महासचिव रंजित क्षेत्रीले बताए ।

 

उक्त अधिबेशनमा मलेसियामा क्रियाशील सबै बिभिन्न व्यक्तिको सहभागिताका लागि निमन्त्रणासहित आह्वान गरिसकिएको छ । अधिबेशनको औपचारिक कार्यक्रम बिहान १० बजेदेखि नै सुरु हुने आयोजक समितिले जनकारी दिएकाे छ ।

 

समबन्धित समाचार