अध्यक्ष नेपालले शुन्य लागतमा श्रम सम्झौता कार्यन्वयनका लागि भेटवार्तामा मलेसियाका गृहमन्त्री सँग

क्वालालाम्पुर । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले शुन्य लगानीको श्रम सम्झौता कार्यन्वयनका लागि मलेसियाका गृहमन्त्रीलाई ध्यनाकर्षण गराएका छन् । इन्डोनेसियाको भ्रमणमा रहेका अध्यक्ष नेपालले मलेसियाका गृहमन्त्री साइफुद्दिन नासुसन स्माईलसँग भेटवार्ता गरी यस्तो सम्झौता गरेका हुन् ।

 

जुलाई २५ मा भएको गृहमन्त्रीसँगको भेटवार्तामा नेपाल र मलेसिया सरकारबीच भएको ‘फ्रि भिसा फ्रि टिकेट’ सम्झौतालाई कार्यन्वयन, श्रमिकलाई अभिमुखीकरण तालिम प्रदान, विभिन्न कारण जेल परेका नेपालीहरुलाई सहजरुपमा स्वदेश फर्काउने, सेक्युरीटी गार्डहरुको तलब सुविधा वृद्धि तथा सेक्युरीटी गार्डहरुलाई हुने शारीरिक र मानसिक दुर्ब्यवहार लगायतको बिषयमा ध्यानाकर्षषण गराएको पूर्वप्रधानमन्त्री नेपालले बताए ।

 

नेपालले जहाँ रहे पनि नेपालीहरुको प्रगतिले खुशि तुल्याउने बताउदै एकअर्काको खुट्टा नतान्न साथै एकताबद्ध भई सद्भाव र सहयोगी भावपूर्ण सहकार्यको लागि आग्रहसमेत गरे ।

 

‘एनआरएनएहरुले राजनीतिक अधिकार बाहेकको अधिकार सुनिश्चित हुने गरी नागरिकता प्रदान गर्ने विधेयक पारित भएको छ । गोर्खा सैनिकको विशेष समस्याहरु छन् । ती समस्याहरु विशिष्ट ढंगले नै समाधान गर्नुपर्ने भएको छ । भर्खरै गोर्खा सैनिकहरुले बिशेष प्रमाण–पत्र पाउने भएको छ, यो राम्रो उपलब्धि हो’, नेपालले भने ।

 

उनले देश विकासको लागि विदेशमा आर्जन गरेका सीप, ज्ञान, अनुभव र पुँजी स्वदेशमा लगानी गर्नुपर्दछ । अन्तर्राष्ट्रिय जगतबाट नेपालको कृषि उत्पादनहरु, विद्युतको उच्च माग, पर्यटकहरुको बड्दो चाप रहेकोले यस क्षेत्रका लगानीकर्तालाई अधिक लाभ र देशको आर्थिक उन्नति हुने बाताए ।

 

विदेश भ्रमणमा रहेका प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डको भ्रमणलाई लक्षित गर्दै नेपालले छिमेकी राष्ट्रहरुसँग पारस्परिक र सुमधुर सम्बन्ध बनाउने तर देशलाई नै कुठाराघात हुने किसिमले कुनै पनि सम्झौता नगर्न आग्रह गरे ।

 

नेपालले ईन्डोनेसियाको भ्रमणका क्रममा मलेसियाको पनि एक दिनको भ्रमण गरेका हुन् । यसैक्रममा मलेसियामा रहेका नेपालीहरु, नेपाली संघसंगठनका प्रतिनिधिहरुसँग सद्भाव भेट राजदुत निवासमा भएको थियो ।

सम्बन्धित समाचार