पानीको हाहाकारमा वीरगञ्जवासीलाई मा.मन्त्री कलवारद्वारा ट्याङ्करबाट टोल-टोलमा पानी वितरण

 

राजन कुमार बानिया

पर्सा

बिरगंजको अधिकांश क्षेत्रमा चापाकलहरू सुकेर पानीको हाहाकार भएपछि

मधेस प्रदेश सरकार उर्जा सिचाइ तथा खानेपानी मन्त्री मा.सिगांसन साह कलवार ज्युको निर्देशनमा खानेपानी तथा सरसफाइ डिभिजन बाराद्वारा बिरगंज म.न.पालिकामाको टोल टोलमा ८ ओटा ट्याङ्करबाट पानी वितरण गर्ने कार्यलाई तीव्रता दिनु भएको छ ।

ट्याङ्करबाट पानी वितरण गर्नुका साथै विभिन्न स्थानमा अस्थायी ट्याङ्की नै राखेर पानी वितरणको व्यवस्था मिलाएको हो साथै बिरगंजको १२ ठाउमा २ हजारको ट्याङ्की राखी खानेपानी वितरण गर्दै छन। ट्याङ्करमार्फत पानी वितरण गरिरहेको र अन्य वडामा पनि समस्या देखिए पानी उपलब्ध गराउने मन्त्रीका सकृय सचीव सचिन सिंहले जानकारी दिए ।

भू-जलको स्तर तल झरेपछि वीरगञ्जका विभिन्न वडाका हजारौँ चापाकलहरू सुकेका छन् । तत्कालै प्राकृतिक रूपमै जल स्तरमा सुधार आउने सम्भावना कम देखिएकाले खानेपानी मन्त्रीले अहिले पानी ट्याङ्कीमार्फत अस्थायी रूपमा समस्या समाधानको प्रयास गरिरहेको हो ।

यस वर्ष अपेक्षाकृत निकै कम वर्षा भएकाले समस्या आएको हो । ‘यो प्राकृतिक विपत् भएकाले तत्काल पानीको अस्थायी व्यवस्थापनका लागि खानेपानी संस्थानसँगको समन्वयमा सार्वजनिक स्थानमा पानीको धारा जोड्ने काम गरिरहेका छन।

सम्बन्धित समाचार