सांसदहरुलाईआफ्नो भुमिकामा वृद्धि गर्न प्रधानमन्त्री दाहालको निर्देशन

 

प्रधानमन्त्री पुष्पकमलदाहाल प्रचण्डले संसदमा आफ्नो भुमिकालाई वृद्धि गर्न पार्टीका सांसदहरुलाई निर्देशनदिनुभएको छ ।

 

 

सोमबार सिंहदरबारमाबसेको पार्टीको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले सांसदहरुलाईसंसदभित्र आ–आफ्नो भुमिकालाई वृद्धि गर्न निर्देशन दिनुभएको हो । उहाँले अवरुद्धसंसद खुलाउनका लागि प्रमुख प्रतिपक्षी दल लगायत विपक्षी दलहरुसँग छलफल गर्ने पनि बताउनुभएकोछ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराजपाण्डेले सांसदहरुलाई सुशासन, समृद्धि र सामाजिक न्याय सहितको रुपान्तरणका लागि संसदमामाओवादी केन्द्रको भुमिकालाई बढाउनुपर्ने प्रधानमन्त्री दाहालको निर्देशन रहेकोजानकारी गराउनुभयो । दाहालले सभामुखसँग दलको शिर्ष नेताहरुको बैठकपछिको विकसितघटनाक्रमहरुको बारेमा सांसदहरुलाई आवश्यक जानकारी गराइने पनि बताउनुभएको उहाँलेजानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘हाम्रो पार्टीको केन्द्रीय समिति बैठकलेलिएको निर्णयहरु व्यवहारमा कार्यान्वयन गर्नका लागि, सदन सुचारु गर्नका लागि, सत्ता पक्षकोमात्र होइन समग्र नेपाली जनताको भावनाहरुलाई पनि समेटेर, सुशासन, समृद्धि र सामाजिकन्यायसहितको रुपान्तरणका साथ अगाडी बढ्नका लागि हाम्रो संघीय संसदको भुमिकालाईअझ वृद्धि गर्नका लागि निर्देशित गर्नुभयो । त्यसका साथै समिति सभापतिहरु हामीले छिट्टैनिर्वाचन गर्नुपर्ने छ । त्यसका बारेमा पनि कुरा गर्नुपर्ने छ । संसद सञ्चालन गर्नका लागि,सभापति लगायतका अरु विषयका लागि प्रमुख प्रतिपक्षी दलका नेताहरु लगायत अन्य मुख्य मुख्यदलका नेताहरुसँग, सँगसँगै सत्तापक्षका अरु नेताहरुसँग पनि छलफल गरेर ठोस निचोडनिकालिन्छ । आज नै सभामुखले शिर्ष नेताहरुसँग छलफल बोलाउनु भएको छ । त्योछलफलपछि आवश्यक निर्देशनहरु जानकारी गराउनेछौँ भनेर उहाँले निर्देशित गराउनुभएको छ।’

 

 

बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षनारायणकाजी श्रेष्ठले संघीय शिक्षा ऐन, संघीय निजामती कर्मचारी ऐन र प्रहरीसमायोजन ऐन ल्याउने कुरा सरकारको प्राथमिकतामा रहेको कुरा बताउनुभएको पाण्डेलेउल्लेख गर्नुभयो ।

 

सम्बन्धित समाचार