पथरीशनिश्चरे ८ दोहलुका हर्क बहादुर माझिका दुख भनी साध्य छैन

रोजगारी गरेर परिवार पाल्नु पर्ने बेलामा खुट्टामा आएको समस्याको उपचार गर्न नपाउदा हर्क बहादुरलाई मात्र हैन उनको परिवारमा समेत समस्या थपिएको छ ।

हर्कबहादुर समान्य अबस्थामा भए अरु कसैको मेलामा भेटिन्थे तर अहिले उनी आफ्नै घरको खाटमा पल्टिरहेका भेटिन्छ्न ।

तीन महिना अघि खुट्टामा आएको समस्या बिस्तारै बडदै गए पछि अहिले उनको खुट्टाको घुडा देखि नै कुहिएर झरेको छ । ´ उपचार अभाबमै मर्ने भए ´। माझिले भने ´ मेरो उपचार भए बाच्ने थिए कि´ । वडा नम्बर ८ का अध्यक्ष नवीनजंग कार्की सहितको टोलीले हालै बिरामी अबस्थामा रहेका माझी सहितको परिवारलाई भेट गरे संगै सहयोग गर्ने प्रतिबद्धता ब्याक्त गरेको छ । वडा अध्यक्ष कार्किका अनुसार माझिको उपचारका लागि वडाले पहल सुरु गरिसकेको छ । उनलाई क्यान्सरको आशंकामा भरतपुर वा भक्तपुर क्यान्सर अस्पतालमा उपचारका लगिन लागेको छ ।

माझीका ५ जना बच्चा रहेका छ्न । अहिले रोजगारीमा जान नसक्दा ती बच्चालाई खुवाउने चामल समेत माझी परिवार संग छैन । एक बर्ष अघि सम्म माझि परिवारका सबै सदस्य भारतमा थिए । हर्क बहादुर र उनकी श्रीमती भारतमै रोजगारी गर्थे । गत साल नेपाल आएका उनी यहाँ निर्माण मजदुरका रुपमा काम गर्दै आएका थिए । माझिको खुट्टा केही महिना अघि बाट झमझमाउने र दुख्ने गरे पछि स्थानिय स्वास्थ्य संस्थामा उपचार समेत गराए तर रोग निको हुनु भन्दा रोग बडन थाल्यो । थप उपचार गर्ने रकम अभाब भए पछि घरमै थलिन बाध्य भए माझी ।

´उपचार गर्ने पैसा त छैन काममा जान नसकेपछी अहिले घरमा खाने अन्न समेत छैन` माझिले भने ´ कसैले सहायता गरे बाच्छु कि भन्ने आश छ´ ।

वडा अध्यक्ष कार्की सहितको टोलीले माझिलाई भेट गरेर उपचार गर्ने र छोराछोरीको अध्यायन गर्न लाग्ने सबै रकम ब्योहोर्ने प्रतिबद्धता जनाएको छ । केही दिनका लागि गुजरा होस भनेर केही बोरा चामल र दालको ब्याबस्था गरिदिएको कार्किले जानकारी दिए ।

वडा अध्यक्ष कार्कीले उनको उपचार गर्न आर्थिक सहयोग जुटाउन पहल थाल्ने र उनको उपचार तत्काल सुरु गर्न लागेको जनाएका छ्न ।

परिवारको मियो कै यो अबस्था भए पछि माझी परिवारमा समस्या छ यसका लागि तपाईको सानो सहयोग पनि ठूलो राहत हुन सक्थ्यो कि?

 

सम्बन्धित समाचार