कतारमा पनि मनाइयो २९औं बिश्व आदिवासी जनजाती दिवस….

दोहा कतार – नेपाल आदिवासी जनजाती महासंघ कतारले २९औं बिश्व आदिवासी जनजाती दिवस शुक्रबार भब्य रुपमा मनाएको छ।

संघका अध्यक्ष डिएन मगरको सभापतित्व र पुर्व अध्यक्ष पुरुषोत्तम सुनुवारको प्रमुख आतिथ्यतामा कतारमा स्थापित विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि,बैचारिक सस्थाका प्रमुख तथा प्रतिनिधीहरु, समाजसेवी, बुद्धिजीवी हरुको बिशेष आतिथ्यतामा पत्रकार, कलाकारहरु र कतारमा रहेका उल्लेखनीय नेपालीहरुको उपस्थितिमा ब्यानर उट्घाटन, दिप प्रज्वलन र १४ वटै मातृ संस्थाहरुका कलाकारहरुले आ-आफ्नै समुदायको मौलिक भेषभुसामा सजिदै ” हामी आदिवासी हौं, जनजाती हौं बोल्को गीतमा स्वागत नृत्य गीत पस्किए सङ्गै औपचारिक कार्यक्रम सुरु भएको थियो।

संस्थाका वरिष्ठ उपाध्यक्ष भाइ काजी गुरुङको स्वागत मन्तव्य सङ्गै “पहिचान र अधिकार सुनिश्चितताको लागि आदिवासी आन्दोलनमा सहभागी बनौं, परम्परागत ज्ञान सिपको प्रवर्द्धन गर्दै पुर्ख्यौली भूमि, भाषा र संस्कृतिको संरक्षण गरौं”, भन्ने मुल नारा बनाएर निरन्तर आफ्नो समुदायको पहिचान र अधिकार को निमित्त संघर्ष गरिरहेर संघले शुभकामना आदानप्रदान -प्रदान तथा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरेर दिवस मनाएको हो ।

कार्यक्रममा बोल्ने क्रममा संघको लक्ष्य र उद्देश्यको बारेमा प्रथम उपाध्यक्ष एकराज राइले स्पष्ट परेका थिए भने प्रमुख अतिथि पुरुषोत्तम सुनुवारले बिश्वभरी छरिएर बसेका सम्पुर्ण आदिवासी जनजातीहरुको आफ्नै भाषा, धर्म सस्कृती, रितिरिवाज परम्परा रहेकोले सबै मिलेर यस्को संरक्षण र प्रबर्द्धन गर्नुपर्ने बताउदै २९ औं विश्व आदिवासी जनजाती दिवसको अवसरमा सबैलाई शुभकामना दिएका थिए।

नेपाल मगर संघ, किरात याक्थुङ चुम्लुङ, तमु (गुरुङ) समाज, किरात राई यायोक्खा, नेपाल प्रवासी तामाङ समाज कतार, थारु कल्याणकारिणी सभा, सुनुवार सेवा समाज, प्रवासी भुजेल समाज, नेवा पुचः, माझि सेवा समाज, नेपाली धानुक समाज, शेर्पा किदुंग, प्रवासी दनुवार संगठन, ताजपुरिया समाज कल्याण परिषद गरि १४ वटा मातृ सस्थाहरु आबद्ध रहेका महासंघले हरेक वर्षको अगस्त -९ तारिख बिश्वब्यापी रुपमा आदिवासी जनजाती दिवस मनाउदै आएको छ।

महासंघका महासचिव धिरेन तामाङले सहजिकरण गरेको कार्यक्रममा एनआरएनए एनसीसी कतारका नबनिर्वाचित प्रथम उपाध्यक्ष कृष्ण पन्थी लगायत थुप्रै संघसस्थाका प्रमुख तथा प्रतिनिधिहरुले आफ्नो मन्तव्य सङ्गै आदिवासी जनजाती दिवसको शुभकामना दिएका थिए भने कार्यक्रमको अन्तमा अध्यक्ष तथा कार्यक्रम सभापति डिएन मगरले महासंघ कतारलाई अझै सकृय रुपमा अघिबढाउन कटिबद्ध भएर लागि पर्ने प्रतिबद्धताका साथ कार्यक्रम सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिएका थिए भने सबै समुदायको कलाकारहरुले आ-आफ्नो पहिचान सहितको झाकी तथा सास्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।

 

 

 

 

सम्बन्धित समाचार