पर्सामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

हरिकिशोर शर्मा

जिराभवानी ३२ साउन पर्साको पटेर्वा सुगौली गाउपालिका वडा नम्बर ५ निचुटा मा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिरगंज महानगरपालिका छपकैया वडा नम्बर १ का जयनाथ सिंहका १६ बर्षिय छोरा राहुल कुमार सिंह रहेका छन ।

आज बिहान निचुटा बाट देउरिया आउने क्रममा मृतक सिंह आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घंटना हुदा उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरिक्षक रामराजा केशरीले जानकारी दिनुभयो ।

मृकतकको शवको मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागी बिरगंज स्थित नारायणी अस्पताल पठाईएको छ भने मोटरसाइकल ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा राखिएको प्रहरी निरिक्षक केशरीले बताउनुभयो ।

सम्बन्धित समाचार