धादिङमा भएको बस दुर्घटनाका मृतक तीनजनाको मात्रै परिचय

काठमाडौं। धादिङमा भएको बस दुर्घटनाका मृतक तीनजनाको परिचय खुलेको छ। दुर्घटनामा ६ पुरुष र दुई महिला गरी ८ जनाको मृत्यु भएको थियो। उनिहरु मध्ये ३ जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।

 

दुर्घटनामा मृत्यु भएका म्याग्दीको रघुगंगा गाउँपालिका–३ बस्ने ५० वर्षीय थानबहादुर भण्डारी, पर्वतको मोदी गाउँपालिका–१ का १५ वर्षीया कृतिका शर्मा र धादिङको गजुरी गाउँपालिका–८ बस्ने २५ वर्षीय सविन रम्तेलको परिचय खुलेको हो।

 

दुर्घटनामा घाइते भएका १७ जनाको विभिन्न अस्पतालमा उपचार जारी छ। आज बिहान काठमाडौंबाट म्याग्दीतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्गस्थित धादिङखण्डबाट त्रिशूली नदीमा खसेको थियो।

 

सम्बन्धित समाचार