अमृत गौतम र नवीन परियारको नयाँ गीत “सेतीबेणी कालीको तिरै तिर” सार्बजनिक….

दोहा कतार – पछिल्लो केही समय यता नेपाली साङ्गीतिक बजारमा दिनहु दर्जनौं नयाँ नयाँ सिर्जनाहरु सार्बजनिक भइरहेका हुन्छ्न, ती मध्यको कतिपय सिर्जना बजारमा आएको र गएको अत्तोपत्तो हुदैन भने केही सिर्जनाहरुले एक छत्र राज गरेका दर्शकहरुको मन मुटुमा बस्न सफल हुन्छ्न ।

यिनै र यस्तै चुनौतिहरुको बाबजुद पनि यतिबेला नेपाली सङ्गीत क्षेत्रमा भरखर उदाउदै गरेका मोडेल अमृत गौतम र चर्चित गायक, सर्जक तथा सङ्गीतकार नवीन परियारको“सेतीबेणी कालीको तिरै तिर” डिजिटल बजारमा सार्बजनिक भएको छ ।

नवीन परियारको शब्द सङ्गीत सिर्जना र सुनिल परियारको सङ्गीत समायोजन भित्र नवीन परियार र रती खड्काको सुमधुर आवाजमा सजिएको गीत मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्डिष्ट गोबिन्द पराजुली र सागर बराइलीले रेकर्ड गरेका हुन भने मिक्सिङ खडक बाजुरालीले गरेका हुन।

स्मृति तिमिल्सिना (गुरुआमा) को निर्देशनमा करण चैसिरले छायांकन गरेका भिडियोमा अमृत गौतम, बिना बिश्वकर्मा, अविशेक परियार र रिया खड्काको उत्कृष्ट अभिनय देख्न सकिने छ भने भिडियो सम्पादन अमृत चापागाईंले गरेका हुन ।

माया पिरति सम्बन्धि समसामयिक बिषय बस्तु माथी रहेर तयार पारिएको भिडियो नवीन परियार अफिसियल (Nabin pariyar official) नामको युटुब च्यानल मार्फत बजारमा आएको हो ।

भिडियो हेर्न तल दिइएको लिङ्क क्लिक गर्नुहोला ।

 

 

सम्बन्धित समाचार