नेकपा एमाले उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन

काठमाडौं– नेकपा एमाले उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ । आज राति करिब साढे दुई बजे हृदयघातका कारण निधन भएको एमाले एक नेता जानकारी प्राप्त भएकाे छ।

बालुवाटारस्थित निवासमा रहेका बेला ७१ वर्षीय नेम्वाङलाई हृदयघात भएको र त्रिवि शिक्षण अस्पताल पुर्याइएको थियो ।

तर, लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । निधनको खबर सुनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली सहितका शिर्ष नेताहरू त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।

नेम्वाङको शव श्रद्धान्जलीका लागि पार्टी मुख्यालयमा राखिने भएको छ । वरिष्ठ अधिवक्तासमेत रहेका नेम्वाङ २०७९ को प्रतिनिधिसभा निर्वाचनमा इलामबाट विजयी भएका थिए ।

सम्बन्धित समाचार