मनिपाल राईकाे संगीतमा पूर्व वडाध्यक्ष डिल्लीराम अधिकारीले नर्कको मलामी गरे सार्वजनिक हेर्नुस् (भिडियो सहित)

गित संगीतकाे बजारमा भोजपुरको अरुण गाउँपालिका ७ निवासी डिल्लीराम अधिकारीले नर्कको मलामी नामक म्यूजिक भिडियो बजारमा सार्वजनिक भएको छ ।

 

 

अरुण गाउँपालिका ७ का पूर्व वडाध्यक्षसमेत रहेका अधिकारीले वर्तमान अवस्थामा राजनीतिक दलहरू र गणतन्त्र विरोधीहरूलाई आलोचना गर्दे समसामयिक विषयमा उक्त गीत बजारमा ल्याएका छन्।

 

गीतअनुसार अहिलेका प्रमुख दलका नेतृत्वलाई रचनात्मक किसिमबाट आलोचना गरिएको छ । काठमाडौँको तारकेश्वर नगरपालिकाको गोल ढुंगामा छायांकन गरिएको उक्त गीतको रचना एवम स्वर उनै अधिकारीकै रहेको छ ।

 

गीतमा मनिपाल राईले संगीत गरेका हुन् भने गीतमा वैदेशिक रोजगारीमा गएका युवाहरूलाई नेपाल फर्केर विकासमा जुट्नसमेत आह्वान गरिएको छ । अधिकारीले यसअघि पनि खाडीको लाहुरे नामक म्यूजिक भिडियो सार्वजनिक बजारमा गरी सकेका छन्।

 

गीतको भिडियो

 

सम्बन्धित समाचार