आउँदो डिसेम्बर २४-२५ प्रथम मलका कप २०२३ विजेताले १० हजार ५१ रिंगेट प्राप्त गर्ने टिम दर्ता शुल्क……

मलेसिया: मलेसियामा ठूलो सङ्ख्यामा नेपाली युवा युवती रोजगारीका लागी पुगेका छन् । विभिन्न समय चार्डपर्वलाई लक्षित गर्दै सांस्कृतिक कार्यक्रम खेलकुद लगाएतका माहोलमा नेपाली जमघट हुने गरेका छ्न ।

 

यसै क्रममा आउँदो डिसेम्बर २४-२५ मा क्रिसमसको छुट्टी समयमा मलका युनाइटेड फुटबल क्लबद्वारा प्रथम मलका कप २०२३” संगै साँस्कृति कार्यक्रम तथा प्रतियोगीता आयोजना गर्ने भएको छ।

 

उक्त खेलमा भाग लिन टिम दर्ता शुल्क १४ सय ९९ रिंगेट लाग्नेछ । प्रतियोगिताको विजेताले ट्रफी सहित मलेसियन रिंगेट १० हजार ५१ पाउनेछन् भने उपविजेताले ट्रफी सहित ५ हजार ५१ मलेसियन रिंगेट पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता मलेशियाको मलका राज्यमा हुदै छ ।

प्रतियोगिताको नियम अनुसार खेलाडी १६ जना हुनुपर्ने छ । खेलाडी अनिवार्य रूपमा बुट, जर्सीमा हुनुपर्ने, रेफ्रीको नियम पालना गर्नुपर्ने छ । खेलमा वादविवाद भएमा आयोजकको निर्णयनै अन्तिम हुने बताइएको छ। खेल ३०-३० मिनेट खेलाईने र खेल मैदान भित्र खेलको क्रममा खेलाडीलाई चाेटपटक लागेमा खेलाडी आफै जिम्मेवार हुनु पर्ने समेत आयोजक समितिले स्पस्ट पारेको छ ।

 

आयोजक समितिका अनुसार खेलाडी लाई विभिन्न विधामा सम्मान समेत गर्ने बताएको छ। मलका भन्दा बाहिर बाट आउने टिमहरुकाे लागि बस्नेको व्यवस्था पनि आयोजकले गर्ने प्रतियोगिताको आयोजक समितिका अध्यक्ष उमेश महतोले जानकारी दिएका छन्।

 

थप जानकारीको लागि सम्पर्क नम्बरहरु

 

उमेश महतो अध्यक्ष +60166098307 प्रदिप तामाङ संयोजक- +60183913466 सुनिल थापा सचीव +60111739663 दिपक तामाङ काेषाध्यक्ष +601129684312 फडिन्द्र मगर उपाध्यक्ष +60173646931 बिजय चौधरी सह-उपाध्यक्ष +601162327845 बिपुल तामाङ सहसचिव +601164410750 नन्दु मगर टिम क्याप्टेन-+601123955891

सम्बन्धित समाचार