युवा बिदेश पलाय हुन नरोके देशमा बिकासमा ठूलो चुनौती: तेन्जु योन्जन ।

 

तेन्जु योन्जन

 

मुलुकमा बिकसले गति लिन्छ। देश बिकास हुन्छ। आफ्नो देशमा उत्पादन बढ्छ। भन्ने मानसिक्ता आम जनतामा थियो। जब मुलुकमा आमूल परिवर्तनको खतिर जनयुद्ध पछि लोकतान्त्रिक गणतन्त्रको उदय भयो यो समय आम जनताले खुशी मनाएको थियो । तर अहिले सम्म जनताले गणतन्त्रको आभास सम्म गर्न नपाउँदा दुखित छन। हाम्रो देश नेपाल कृषिप्रधान देश हो । यहाँका कुल जनसंख्या माध्य ९५% जनता कृषिमा निर्भर छ। भन्ने गरिन्छ। तर दुई दसक यता कृषिमा आधारित जनसंख्या ओरालो लाग्दो स्थितिमा छ। दिन दिनानू उत्पादन युक्त जमिन बाझो हुँदै जादैछ। तसर्थ कुल उत्पादनमा ह्रास आई रहेको छ। यो हुनु देशमा सु सासम नहुनु र राजनीतिक अस्थिरता साथै रोजगार नहुनु हो। युवाहरुमा आफ्नो क्षमता योग्यता हुदा हुँदै पनि रोजगार नपाउनुको विकल्प रोजगारको रुपमा बैदेशिक रोजगारको रुपमा बिदेश पलायन हुनु बाध्यता छ। अनि गाउँमा राम्रो सडक हस्पिटल गुणस्तर शिक्षा नहुदा सुबिधाको खोजिमा शहर पस्नु बसाई सराई हुनुले उरबर जमिन बाझिएको छ।

राष्ट्रिय जनगणना, २०७८ सालको अन्तिम नतिजाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ। नतिजाअनुसार कुल जनसंख्याको करिब ३६ प्रतिशत जनसंख्या १५ देखि ३५ वर्ष उमेर समूहका रहेको जनाइएको छ । यो उमेर समूहले मुलुकको आर्थिक एवं सामाजिक विकासमा फड्को मार्न महत्वपूर्ण भूमिका खेल्न सक्ने देखिन्छ । युवा शक्ति देशको खम्बा हो। पहरेदार हो भन्ने कुराको ह्याक्का नराख्दा देशका आम युवा शक्ति बिदेशी भुमिमा आफ्नो श्रम सस्तो मुल्यमा बेच्न बाध्य छन।

यहि युवाहरुले पठाएको रेमिटेन्सले देशको आधा अर्थतन्त्र धानेको कुरा जान्दा जान्दै पनि विभिन्न समय अघोषित लाईसेन प्राप्त डाकाहरुले नेपालको बिमानस्थलामा सेन्डिकेट लागू गरिन्छ। आफ्नो पसिनाले आर्जेको आफ्नो परिवारको लागि केही थान मोबाइल केही थान घरयासी समान ल्याउदा भन्सार तिराईन्छ। तर करोडौंको सुन तस्करी गरिन्छ। विमान स्थल बाहिरिए पछि नटक मन्चन गर्दै एउटा सोझो मान्छे भरियालाई समाईन्छ। अनि पार्टी दलका शक्ति प्रदसन गरिन्छ। केहिदिनको चर्चा पछि त्यो मुद्दा बन्द हुन्छ। तर बिदेशमा दुख गरेर आउने एउटा नेपाली नागरिकलाई विभिन्न वाहानाले दुख दिईन्छ।

मुलुक समृद्धि बनाउन युवाको मुख्य भुमिका रहने छ।

तर, विडम्बना नै भन्नु पर्छ यही उमेर समूहका युवापुस्ता दिनप्रतिदिन देश छाड्दै विदेशतिर जाँदै गरेको देखिएको छ । अहिले दैनिक करिब २५ सयभन्दा बढी युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदेसिने गरेका विवरण बाहिर आएका छन् । अहिले बिश्वमा नेपाली नागरिक कम्तिमा ८० देखि ८५ लाखको हराजारिमा बिदेश पलायन भएको छ। रोजगारी, शिक्षा तथा अन्य उद्देश्यले युवा बिदेसिएको जनाइएको छ । बिदेसिने क्रम दिनप्रतिदिन बढ्दै गएकाले मुलुकमा युवाको खडेरी पर्दै गएको छ । गाउँघर युवाविहीन बन्दै गएका छन् भने सहरका युवा समेत बिदेसिने तरखरमा देखिएका छन् । अधिकांश युवाले आफूहरू बिदेसिनुको मुख्य कारण मुलुकमा भविष्य सुनिश्चित नभएको बताएका छन् ।

 

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष (आव) २०७९÷८० मा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जानेको संख्या ७ लाख ७१ हजारभन्दा बढी रहेको जनाएको छ । चालू आवको पहिलो चार महिनामा समेत २ लाख ६ हजार ३१६ जनाले श्रम स्वीकृति लिएर रोजगारीका लागि बिदेसिएका छन् । विभागको तथ्यांकअनुसार आव २०६४÷६५ मा २ लाख ४ हजार, २०७१÷७२ मा ६ लाख ९३ हजार, २०७८÷७९ मा ६ लाख ३० हजार जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए । आर्थिक वर्ष २०५०÷५१ यता वैदेशिक रोजगारीमा जानेको तथ्यांक अद्यावधिक गर्दै आएको विभागको तथ्यांकमा आव २०७९÷८० मा श्रम स्वीकृति लिनेको संख्या हालसम्मकै उच्च देखिएको हो । यस अवधिमा नेपालबाट वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्याले नयाँ रेकर्ड बनाएको थियो । अहिले पनि श्रम स्वीकृति लिएर प्रत्येक महिना कम्तीमा पनि ६० हजारभन्दा बढी युवा वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुग्ने गरेको वैदेशिक रोजगार विभागले जनाएको छ । यो तथ्यांक हेर्दा सरदर नेपालबाट वार्षिक ६ देखि ७ लाखभन्दा बढी युवा रोजगारीका लागि बिदेसिने गरेका छन् ।

 

वैदेशिक रोजगारीका लागि मात्र नभई वैदेशिक अध्ययनका लागि समेत दैनिक हजारौं युवा बिदेसिने गरेका छन् । गत आव २०७९÷८० मा मात्र १ लाख १० हजार २ सय १७ जना विद्यार्थीले वैदेशिक अध्ययनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट अनुमति नो अब्जेक्सन लेटर (एनओसी) लिएका थिए । शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाको तथ्यांकअनुसार चालू आवको साउनमा १० हजार, भदौमा १२ हजार र १४ असोजसम्म ५ हजार विद्यार्थीले एनओसी लिइसकेका छन् । आव २०७८-७९ मा १ लाख १७ हजारले यस्तो अनुमति लिएका थिए । कोभिडका कारण २०७७-७८ मा २७ हजार ९ सय र २०७६-७७ मा ३४ हजार ९६ विद्यार्थीले मात्रै एनओसी लिएका थिए । त्यसअघि २०७५-७६ मा यो संख्या ६३ हजार २ सय ९५ थियो । अहिले दैनिक करिब ५ सय जना विद्यार्थीले यस्तो अनुमति लिने गरेको शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाले जनाएको छ । यो तथ्यांक हेर्दा सरदर नेपालबाट वार्षिक १ लाखभन्दा बढी विद्यार्थी वैदेशिक अध्ययनका लागि बिदेसिने गरेका छन् ।

 

वैधानिक रूपले मात्र नभई अवैधानिक रूपले समेत दैनिक सयौं नेपाली बिदेसिएका समाचार प्रकाशित भएका छन् । केही समय पहिले मुलुकमा नक्कली भुटानी शरणार्थी प्रकरणले चर्चा पाएको थियो । भुटानी शरणार्थीको आवरणमा गैरशरणार्थी नेपाली युवाहरू अमेरिका जाने प्रलोभनमा लाखौं रुपैयाँ खर्चिएका घटना बाहिर आएका थिए । यसैगरी अवैध बाटो प्रयोग गर्दै महिनौं दिनको जोखिमपूर्ण यात्रा गरेर मेक्सिको हुँदै अमेरिका छिर्न खोजेका युवाको खबर दैनिकजसो आइरहेको छ । हालै रसियाली सेनामा भर्ती हुन नेपाली युवाहरू अवैध रूपमा जाने गरेको देखिएको छ । भर्खरै मात्र रसियाली सेनामा कार्यरत तीन जना नेपाली युवाको युद्धग्रस्त क्षेत्रमा मृत्यु भएको खबर सञ्चार माध्यममा आइरहेको छ । यसबाहेक अन्य युद्धग्रस्त मुलुकमा समेत नेपाली युवा अवैध रूपमा जाने गरेका तथ्य फेला परेका छन् । विद्यालय स्तरको परीक्षा सकेका अधिकांश युवाहरू विद्यार्थी भिजामार्फत अस्ट्रेलिया, अमेरिका, क्यानडा, जापान, जर्मनी, बेलायत, कोरिया आदि देशलाई प्रमुख गन्तव्य बनाएको देखिन्छ । यी देशबाहेक आफूलाई पूर्णजानकारी नै नभएका मुलुक माल्टा, अस्ट्रिया, पोर्चुगल, पोल्यान्ड, सोेन जस्ता देशमा समेत उनीहरू जान तयार देखिएका छन् । विशेषगरी अध्ययनसँगसँगै रोजगारीका अवसरको खोजीमा विद्यार्थी बिदेसिएको देखिन्छ ।

 

पलायन भएका सबै युवा रोजगारीका लागि मात्र बाहिरी मुलुक गएका छैनन् । कतिपयले स्वदेशमा राम्रो एवं सम्मानजनक कहलिएका जागिर समेत छोडेर सुनौलो भविष्यको सपना बुन्दै देश छाडेका छन् । यसरी देश छाड्नेमा विशेषगरी दक्ष जनशक्ति पर्ने गरेका छन् । भर्खरै प्रकाशित एक अध्ययनले हाम्रो मुलुकका ४० प्रतिशत इन्जिनियर, ५० प्रतिशत डाक्टर, ५७ प्रतिशत पाइलट र ६० प्रतिशत नर्सले देश छाडिसकेको दाबी गरिएको छ । नेपाल मेडिकल काउन्सिलका अनुसार सन् २०२० मा ८ सय ६९ चिकित्सकले अध्ययन तथा रोजगारीका लागि देश बाहिर जान प्रमाणपत्र लिएका थिए । यो संख्या सन् २०२१ मा १ हजार ३ सय २७ जना र २०२२ मा १९ सय ५४ जना पुगेको जनाइएको छ । यो वर्ष कम्तीमा ४ हजार पुग्ने अनुमान काउन्सिलले गरेको छ । विगत ५ वर्षको अवधिमा झन्डै १० हजार प्रहरीले जागिर छोडेको विवरण प्रकाशित भएको छ । यी केही प्रतिनिधि उदाहरण मात्र हुन् । देश छाड्नेमा चिकित्सक, इन्जिनियर, चार्टर्ड एकाउन्टेन्ट (सीए), नर्स, भेटेरिनरी डाक्टर, कृषिविज्ञ, प्राध्यापकदेखि भौतिकशास्त्र, रसायनशास्त्र, जीवविज्ञानलगायत विषय पढेका जनशक्तिको लर्को नै देखिन्छ । मुलुकमा आफ्नो भविष्यसँग आश्वस्त नभएर सिंगो तन्नेरी पुस्ता नै विदेश हिंड्न तम्तयार हुँदा मुलुकको उन्नतिको सम्भावना भने थप खुम्चिँदो क्रममा छ भन्दा फरक पर्दैन ।

 

कुनै पनि मुलुकका युवाले आफ्नो वर्तमान सँगसँगै भविष्य पनि सुनिश्चित भएको हेर्न चाहनुलाई स्वाभाविक मान्न सकिन्छ । उनीहरू आफू र आप्mना सन्ततिको भविष्यप्रति चिन्तित हुन्छन् । सुनिश्चित भविष्यको निर्धारण मुलुकको नेतृत्व पंक्तिमा रहेका व्यक्तिको क्षमता तथा दूरदर्शितामा निर्भर गर्छ । असल र क्षमतावान् नेतृत्वले मात्र सुनिश्चित भविष्यको आशा जगाउन सक्छ । यदि, देशको नेतृत्व नै असक्षम, भ्रष्ट, स्वार्थी, दुराचारी तथा लालचीको हातमा परेको छ भने उनीहरूबाट कुनै पनि आशाको गुञ्जायस रहँदैन । यस्तै, परिस्थिति अहिले हाम्रो मुलुकमा रहेको छ । मुलुकको नेतृत्व पंक्तिमा देखिएको असक्षमता र अनुशासनहिनताले गर्दा राजनैतिक, आर्थिक, न्यायिक, सामाजिक तथा शैक्षिक क्षेत्रमा बेथिति मौलाएको छ । यसले मुलुकको आर्थिक समृद्धिको बाटोमा मात्र अवरोध पु¥याएको छैन, यहाँका युवामा समेत मुलुकप्रति नै वितृष्णा फैलाएको छ ।

 

युवा पलायनको मुख्य कारण बेरोजगारी, सहज जीवनयापन गर्ने वातावरण नहुनु, थोरै कमाइ, गरिबी मुख्य कारण रहेको अन्तर्राष्ट्रिय मजदुर संगठनको प्रतिवेदनले औंल्याएको छ । नेपालको सन्दर्भमा रोजगारी र अर्थतन्त्रको अवस्था सकारात्मक छैन । परदेशी हुने सपना हरेक युवाको मनमा विद्यालयदेखि नै हुर्किंदै गएको अवस्था छ । मुलुकबाट दिनप्रतिदिन युवाहरू पलायन हुनुका विभिन्न कारणहरू देखिए पनि सबैभन्दा ठूलो कारण मुलुकको राजनैतिक अवस्थालाई लिन सकिन्छ । जबसम्म मुलुकको राजनैतिक नेतृत्वले युवाको भविष्य स्वदेशमै सुरक्षित र सुनिश्चित हुने छ भन्ने विश्वास दिलाउन सक्दैनन् । तबसम्म युवालाई विदेश जानबाट रोक्न सक्ने अवस्था देखिँदैन । मुलुकको आर्थिक एवं सामाजिक समृद्धिको बागडोर समाएर बसेका राजनैतिक नेतृत्व इमानदार, सक्षम एवं दूरदर्शी भएको खण्डमा मात्र उनीहरूबाट आशा गर्ने ठाउँ रहन्छ । राजनैतिक नेतृत्व इमानदार भएको खण्डमा यसले मुलुकको आर्थिक, सामाजिक एवं शैक्षिक क्षेत्रमा समेत सकारात्मक प्रभाव पर्न सक्छ । यसले मात्र मुलुकभित्रै भविष्य सुनिश्चित हुन सक्छ भनेर आशा गर्न सक्ने अवस्था ल्याउन सक्छ ।

 

मुलुकभित्रबाट शारीरिक एवं मानसिक रूपमा अब्बल जनशक्ति दिनप्रतिदिन बिदेसिने क्रम बढ्दै जाँदा यसले राज्यको आर्थिक, सामाजिक एवं राजनैतिक क्षेत्रमा प्रतिकूल प्रभाव पर्ने आँकलन गरिएको छ । मुलुकमा भित्रिने रेमिट्यान्सले मात्र देशको आर्थिक अवस्थालाई सधैंभरि थेग्ने अवस्था रहँदैन । आन्तरिक उत्पादन र उत्पादकत्वमा वृद्धि नभई देशमा आर्थिक समृद्धि हुन सक्दैन । उत्पादन र उत्पादकत्व वृद्धिका लागि सबैभन्दा महत्वपूर्ण साधन मानव संसाधन हो । यदि हामी दिनप्रतिदिन मानव संसाधन गुमाउदै गयौं भने राज्यले निर्माण गर्ने जस्तो सुकै राम्रा नीति तथा योजनाको कुनै अर्थ रहँदैन । मुलुकको आर्थिक, सामाजिक तथा राजनैतिक विकास र विस्तारका लागि अहिले बढ्दै गएको बिदेसिने प्रवृत्तिलाई रोक्न सक्नुपर्ने देखिन्छ । यसका लागि मुलुकभित्रै रोजगारीका अवसर, सीपमूलक शिक्षा, स्थिर राजनैतिक वातावरण, असल नेतृत्व र सुशासनको आवश्यकता देखिन्छ ।नत्र अबको एक दशकमा नेपालमा बृदा बच्चाहरु मात्र रहने निश्चित छ। तसर्थ मुलुकमा राजनीतिक कमाउ धन्दाको लागि हैन आर्थिक बिकास र नितिगत बिकसको निमित्त

गर्नु जरुरी छ।

सम्बन्धित समाचार