प्रथम मलका कप २०२३-काे तयारी भब्य खेल तालीका सार्बजनिक कति वटा टिमले प्रतिस्पर्धा गर्ने भए 

मलेसिया: आउँदो डिसेम्बर २४-२५ को दिन क्रिसमसको छुट्टी समयमा मलेसियाको मलका रज्यमा मलका युनाइटेड फुटबल क्लब द्वारा प्रथम मलका कप २०२३” तथा साँस्कृतिक कार्यक्रम प्रतियोगीताकाे तयारी अन्तिम चरणमा पुगेको छ ।

 

मलेसियामा रहेका विभिन्न फूटबल क्लबले सहभागी जनाउने भएकाे छ आयोजक समितिले सार्बजनिक गरेको प्रथम मलका कप २०२३-को खेल तालीका अनुसार प्रतियोगितामा १७ वटा टिमले प्रतिस्पर्धा गर्ने भएकाे छ।

टिम दर्ता शुल्क १४ सय ९९ रिंगेट रहेकाे थियो । प्रतियोगिताको विजेताले ट्रफी सहित मलेसियन रिंगेट १० हजार ५१ पाउनेछन् भने उपविजेताले ट्रफी सहित ५ हजार ५१ मलेसियन रिंगेट पुरस्कार प्राप्त गर्नेछन् ।

 

मलेसियामा रहेका विभिन्न संघ संस्थाका व्यवसाय बुद्धिजीवी पत्रकार समाजसेवी लगाएत लाई उपस्थितिका लागि पत्र पठाई सकेको र नेपाली दुतावास मलेसिया लाई पनि पत्रचार गरीएको जानकारी प्राप्त भएको छ ।

सम्बन्धित समाचार