कतारको अल्खोरमा “गाउँबेशी” नेपाली रेष्टुरेन्ट संचालन राजदुत डा. नरेश विक्रम ढकालद्वारा उट्घाटन…..

दोहा कतार – कतारमा नेपाली व्यवसाय गर्ने हरुको संख्या क्रमिक रुपमा बढ्दो छ, सोही अनुरुप कतारको अलखोरमा औपचारिक रुपमा शुक्रबारदेखी अर्को एउटा “गाउँ बेशी” नेपाली रेष्टुरेन्ट संचालनमा आएको छ ।

दोहा सिटि देखी लगभग ५० किलोमीटरको दुरीमा रहेको अल्खोर लुलु सुपरमार्केटको अगाडि कवायन हाइफर मार्केट नजिकै रेष्टुरेन्ट खुलेको हो भने नेपाली राजदूतावास कतारका महामहिम राजदुत डा. नरेश बिक्रम ढकालको हातबाट रिवन काटेर सुभारम्भ गरिएको हो ।

उट्घाटन कार्यक्रममा सामाजिक व्याक्तित्वहरु देवकाजी डंगोल, सागर नेपाल, चानख पोख्रेल, क्रान्ति सिंह, बिमल सुवेदी, होमनाथ शर्मा, एनसिसि कतारका पुर्व अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान लगायत नेपाली जनसम्पर्क समिती कतार उप – सभापति ठाकुर कुमार परियार, प्रवासी नेपाली मञ्च कतार अध्यक्ष प्रभात त्रिपाठि, नेपाली जनप्रगतिशील मञ्च कतार अध्यक्ष बुद्धि प्रसाद भन्डारी, कतार नेपाली एकता समाज उपाध्यक्ष कमल आचार्य, अन्तरास्ट्रिय नेपाली समाज कतार अध्यक्ष राजाराम शाहि, एनआरएनए आइसिसि सदस्य दिपजङ्ग साह, नेपाली महिला समाज कतार अध्यक्ष सरिता भन्डारी पौडेलको साथै विभिन्न संघ सस्थाका प्रमुखहरु लगायत करिब ५०० को हाराहारीमा नेपाली र केही कतारि नागरिकहरुको उपस्थिति रहेको थियो ।

वैदेशिक रोजगारिको सिलसिलामा कतारमा कार्यरत उर्जावान रेष्टुरेन्ट संचालक युवाहरुले आफुले रोजगारी बाट कमाएको आयस्रोतले अरुलाई रोजगार दिने र नेपालीहरुको चाहानालाई मध्यनजर गर्दै विभिन्न नेपाली परिकारको स्वाद प्रदान गर्ने उदेस्यका साथ ब्यावसायी लगानी सुरु गरेको बताएका छ्न ।

कतारमा खुलेका नेपाली रेस्टुरेन्टहरु मध्येकै धेरै लगानीमा अत्यन्तै आकर्षक डिकुरेसन पारिवारिक बाताबरण सहित खुलेको गाउँबेशीमा एकपटकमा ७०- ८० जनालाई सेवा दिन सकिनेछ र रेस्टुरेन्टमा अहिले १४ जनालाई रोजगारी दिइएको रेस्टुरेन्ट संचालकले जानकारी गराएका छन ।

अल्खोर र रस्लाफानमा गरि लगभग ५० हजार भन्दा धेरै नेपाली र अन्य मुलुकका ६० हजार भन्दा धेरै नागरिकहरु बसोबास गर्छन, सोही नेपाली र अन्य मुलुकका नागरिकलाई लक्षित गर्दै उक्त रेष्टुरेन्ट संचालनमा ल्याइएको पनि खुलेको छ। सञ्चालकहरुले आफूले व्यवसायलाई गर्ने मात्र नभई नेपाली तथा एसियन मूलका नागरिकहरूलाई उत्कृष्ट नेपाली स्वादमा खाना खुवाउने लक्ष्य लिएको बताउदै अल्खोर लुलु मार्केटको अगाडि कवायन हाइफर मार्केट नजिकै रहेको उक्त रेष्टुरेन्टमा दोहाकै सस्तो र सुपथ मुल्यमा सबै प्रकारका नेपाली खानाको स्वाद लिन सकिनुको साथै फ्रि होम डेलिभरीको पनि व्यवस्था गरिने जानकारी गराएका छन ।

 

 

सम्बन्धित समाचार