प्रथम मलका कप २०२३ प्रतियोगिताकाे विजेता जेबी युनाइटेड फुटबल क्लब 

मलेसिया: मलका युनाइटेड फुटबल क्लब” द्वारा आयोजित प्रथमं मलका कप २०२३ उमेश महतोकाे सभापतिमा र मलेसियाका नेपाली राजदुत डिल्लीराज पौडेलको प्रमुख आतिथ्यमा  प्रथम मलका कप  फुटबल प्रतियोगिता २०२३ सम्पन्न भएकाे छ ।

मलेसियाकाे विभिन्न राज्य बाट १७ टिमकाे सहभागी थिए खेल २४ र २५ भएको थियो भब्य रुपमा खेल सम्पन्न भएको हो उक्त खेल सब्य र भब्य बनाउनका लागी बिभिन्न विज्ञापन दाता सँगै अनगिन्ती संघ संस्था बाट पनि आर्थिक सहयोग प्राप्त गरेका थिए

प्रतियोगितामा जेबी युनाइटेड फुटबल क्लब विजेता भएको छ भने ट्रफी सहित मलेसियन रिंगेट १० हजार ५१ पुरस्कार प्राप्त गरेको छ भने मकालु भान्सा क्लव उपविजेता भएको हो ट्रफीसहित ५ हजार ५१ मलेसियन रिंगेट पुरस्कार प्राप्त गरे ।

 

सम्बन्धित समाचार