किरात याक्थुङ चुम्लुङले कतारमा मनायो चासोक तङ्नाम ५०८३ ….

दोहा कतार – किरात याक्थुङ चुम्लङ कतारले गत २२ डिसेम्बर २०२३ शुक्रबार चासोक तङ्नाम विं. सं. २०८० (येले तङ्बे ५०८३) को शुभ अवसरमा शुभकामना आदान प्रदान तथा बृहत साँस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ ।

सहानिया स्थित अल दोसारी पार्कमा भब्य आयोजना गरिएको कार्यक्रम दिप प्रज्वलन र ब्यानर अनावरणसङ्गै राष्ट्रिय गान बजाए पश्चात याक्थुङ/लिम्बुको पहिचानको क्रममा लडिरहदाँ सहिद भएका लाजेहाङ लिम्बुको नाममा मौन धारण गर्दै सुरु भए पछि समाज सेवी रिकाश योङ्हाङ् लिम्बुलाई सम्मान स्वरुप कार्यक्रमका सभापति र प्रमुख अतिथि द्वारा धन्यबाद-पत्र प्रदान र किरात याक्थुङ चम्लुङ कतारका प्रमुख सल्लाहकार हर्क खजुम लिम्बु, डम्बर लिबाङ लिम्बु र राजेन्द्र सम्याङखाम लिम्बुले कार्यक्रमका सभापति र प्रमुख अतिथिलाई किराती फेटा अर्पण गरेका थिए।

संस्थाका बरिष्ठ उपाध्यक्ष राम लङ्वा लिम्बुले संस्थागत परिचयको साथमा सम्पुर्ण आगान्तुक तथा आसन ग्रहण गरिहेका अतिथिगण याक्थुङ/लिम्बु गैर याक्थुङ/लिम्बु सबैलाई स्वागत गर्दै स्वागत मन्तव्य राखेका भने स्वागत मन्तव्य लगतै सेवारो सेवारो बोलको गितमा संस्थाका कलाकारहरु उषा चेम्जोङ लिम्बु, निलसा केरुङ लिम्बु र निरु लिवाङ लिम्बुले स्वागत नृत्य प्रस्तुत थिए ।

कार्यक्रममा शुभकामना मन्तव्यको क्रममा प्रमुख अतिथि डि.एन मगरले सात समुन्द्र पारी प्रवासमा रहेर पनि आफ्नो भाषा, धर्म, रीतिरिवाजलाई जगेर्ना गर्दै कियाचु कतारले चासोक तङनाम येले तङ्बे ५०८३ सभ्य र भव्य रूपमा मनाउन सफल भएकोप्रति खुसी व्यक्त गरेका थिए भने lजिल्ला संस्था, प्रदेश, मातृ संस्था, कियाचु संस्थाका सल्लाहकारहरु, आदिवासी जनजाति महासंघ कतारका सल्लाहकारहरु लगायत थुप्रै व्यक्तिहरुले आफ्नो शुभकामना मन्तव्य राखेका थिए साथै नेपाल मगर संघ शाखा कतार तथा उक्त मातृसंस्थाको साँस्कृतिक बिभागले कियाचु कतारलाई कोसेली प्रदान गरेको थियो।

सस्थाका महासचिव बिरेन मादेन लिम्बूले सहजीकरण गरेको कार्यक्रममा गौतम सामी, आङ्देम्बे लिम्बु, बिमल लिम्बु, बनिता राई, भिम कार्की, उषा चेम्जोङ लिम्बु, निलसा केरुङ लिम्बु, निरु लिबाङ लिम्बु, सरिता बान्तवा राई, कुमारी लामा, जेनिसा तामाङ, प्रयागजन चौधरी, कृष्ण माया लिम्बु, खड्ग बस्नेत, सौरभ आचार्य र तनुजा तामाङ्ले आ-आफ्नो गायन तथा नृत्य प्रस्तुतिहरु राखेर उपस्थित सबैलाई मनोरञ्जन गराएका थिए ।

 “लिम्बूवान स्वायत्तता हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ आयोजनामा चासोक तङ्नाम वि.सं. २०८० (येले तङ्बे ५०८३) को समापन अघि कार्यक्रमका सभापति, प्रमुख अतिथि, बिशेष अतिथि र अतिथिहरुको साथमा झन्डै २ दर्जन भन्दा बढिले धान नाच पालाम गाएर नाचेका थिए भने कार्यक्रमको अन्त्यमा सभापतित्व सागर तुम्बाहाङ्फे लिम्बुले कार्यक्रम सफलता पुर्वक सम्पन्न पार्नको निमित्त उपस्थित सबैमा धन्यबाद साथै कार्यक्रम संयोजक, उप संयोजक, स्वंमसेवक संयोजक, स्वंमसेवक, खानपिन बिभागका संयोजक लगायत सहयोगी सदस्यहरु, यातायात बिभागका संयोजक, उप संयोजकहरु, सिलाम साक्मा तयार पार्नुहुने शान्ति बेघा लिम्बु र एलिना खजम लिम्बुलाई धन्यबाद दिदै कार्यक्रम समापन गरेका थिए ।

सम्बन्धित समाचार