मलेसियामा राप्रपाका अध्यक्ष लिङ्देन संग भेटघाट तथा अन्तरकृया कार्यक्रम जनवरी ७ तारीख हुँदै 

मलेसिया: नेपाली प्रवासी एकता समाज (पानस) मलेसियाद्वारा आयोजित राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन संग भेटघाट तथा अन्तरकृया कार्यक्रमको हुने भएको छ। उक्त कार्यक्रम जनवरी ७ तारीख क्वालालम्पुर स्थित होटेल ग्राण्ड कन्टिनेन्टलमा हुने हुने भएको हो।

कार्यक्रममा पुर्व उपप्रधान तथा उर्जा, जलश्रोत, सिंचाइ मन्त्री राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन संग भेटघाट तथा अन्तरकृया कार्यक्रम मलेसियामा रहेका नेपालीहरुको समस्या तथा सुझावहरु संकलन गरि सदनमा पुय्राई समस्या समाधान तथा न्युनिकरण गर्ने उद्देश्यले आयोजना भएको नेपाली प्रवासी एकता समाज मलेसियाका अध्यक्ष योगेन्द्र कुंवरले जानकारी दिनु भयोकाे छ ।

 

नेपाली दुताबास मलेसियाका राजदुत डिल्लीराज पौडेललाई पत्र बुझाएको छ। यस क्रममा राजदुत पौडेलले कार्यक्रमको शुभकामना दिदै यस्ता किसिमको उच्च स्तरीय भ्रमण तथा कार्यक्रमहरुले बिदेशमा रहेका नेपालीहरुलाई देश प्रतिको माया जगाउने बताउनुभयो । मलेसियामा नेपालीहरुले भोगिरहेको समस्या समाधानमा महत्त्वपूर्ण भुमिका खेल्ने राजदुत पौडेलले उल्लेख गर्नु भएको छ।

कार्यक्रमको लागि पानासका आईसीसी अध्यक्ष प्रेम कुमार श्रेष्ठ र प्रवास विभाग प्रमुख आनन्द अधिकारी मलेसिया आईपुगेको आयोजक समितिका सदस्य सुभद्रा लिङ्देनले जानकारी दिनुभएको छ। भने पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन जनवरी ५ तारीख बिहान मलेसिया आईपुग्ने र  कार्यक्रम सम्पन्न पश्चात जनवरी ८ तारीख स्वदेश फर्कने पनि बताउनु भयो ।

कार्यक्रमको अन्तिम तयारी सकिएको आयोजक समितिले बताएकोछ । कार्यक्रममा मलेसियाको सबै राज्यबाट राष्ट्रबादी तथा पार्टीका आस्थावान नेपाली दाजुभाइ दिदिबहिनीहरुको उल्लेख्य उपस्थितिका साथ ऐतिहासिकरुपमा सफल हुने आयोजकको दाबी छ ।

सम्बन्धित समाचार