कार्यक्रमको लागि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन मलेसियाको अन्तर्राष्ट्रिय विमान स्थलमा स्वागत

मलेसिया / नेपाली प्रवासी एकता समाज (पानस) मलेसियाद्वारा आयोजित कार्यक्रमको लागि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन मलेसिया आईपुग्नु भएकोछ । अध्यक्ष लिङ्देनको स्वागत राजदुत डिल्लीराज पौडेल लगायत मलेसियामा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु द्वारा मलेसियाको अन्तर्राष्ट्रिय विमान स्थलमा स्वागत गरेकाछन् ।

 

जनवरी ७ तारीख पुर्व उपप्रधान तथा उर्जा, जलश्रोत, सिंचाइ मन्त्री राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन संग भेटघाट, अन्तरकृया कार्यक्रम तथा नेपाली प्रवासी एकता समाज मलेसियाको दोश्रो अधिवेशन ग्राण्ड कन्टिनेन्टल होटेल हुने भएकोछ । उक्त कार्यक्रम मलेसिया रहेका नेालीहरुको समस्या तथा सुझावहरु संकलन गरि सदनमा पुय्राई समस्या समाधान तथा न्युनिकरण गर्ने उद्देश्यले आयोजना भएको नेपाली प्रवासी एकता समाज मलेसियाका अध्यक्ष योगेन्द्र कुंवरले बताउनु भयो ।

कार्यक्रमको लागि पानासका आईसीसी अध्यक्ष प्रेम कुमार श्रेष्ठ, प्रवास विभाग प्रमुख आनन्द अधिकारी, केन्द्रीय सदस्य तोयानाथ लाम्साल र लोक नाथ तिवारी मलेसिया आईपुग्नुभएको आयोजक समितिका सदस्य सुभद्रा लिङ्देनले जानकारी गराउनुभयो ।

 

कार्यक्रमको अन्तिम तयारी सकिएको आयोजकले बताएकोछ । कार्यक्रममा मलेसियाको सबै राज्यबाट राष्ट्रबादी तथा पार्टीका आस्थावान नेपाली दाजुभाइ दिदिबहिनीहरुको उल्लेख्य उपस्थितिका साथ ऐतिहासिकरुपमा सफल हुने आयोजकले बताएको छ ।

सम्बन्धित समाचार