मलेशियामा राप्रपा सम्बद्ध पानसको अधिवेशन भव्य रूपमा सम्पन्न सुभद्रा अध्यक्षतामा नयाँ कार्यसमिति ….

वायु प्रधुशन
nepalijanatakhaba

मलेसिया / प्रवासी नेपाली एकता समाज (पानस) मलेसियाको दोस्रो अधिवेशन तथा भेटघाट, अन्तरकृया कार्यक्रम सम्पन्न भएकोछ । कार्यक्रम सम्बोधनका लागि मलेसिया पुग्नु भएका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राज्य सत्तामा रहेका पार्टीहरु सचिनु पर्ने नत्र सकिनु पर्ने बताउनु भएकोछ ।

 

मलेशियामा राप्रपा सम्बद्ध पानसको अधिवेशन भव्य रूपमा सम्पन्न भएसँगै सयौंको संख्यामा युवाहरुको राप्रपामा प्रवेश गरेका छन् भने सुभद्रा लिङ्देनको अध्यक्षतामा नयाँ कार्यसमितिको निर्माण कार्य समेत सम्पन्न गरिएकाे छ।

मलेशियाको विभिन्न स्थानबाट धेरैकाे सङ्ख्यामा नेपाली श्रमिक व्यवसायीहरुको व्यापक सहभागि थियाे बिभिन्न संघ संस्था राजनीतिक दलका नेताहरुकाे पनि उतिकै महत्त्व साथ उपस्थिती जनाएका थिए।

पुर्व उपप्रधान तथा उर्जा, जलश्रोत, सिंचाइ मन्त्री राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधनका क्रममा तीन करोड जनसंख्या भएको देशमा ६० हजार जनप्रतिनिधि रहेकोछ । सबैको तलव, भत्ता र सुविधाको लागि देशको ढुकुटि रित्तिएकोछ ।

यस्तो ब्यवस्था परिवर्तन नगेर देश श्रीलंका बन्ने बताउदै प्रत्येक्ष निर्वाचित प्रधानमन्त्री, अभिभागत्वरुपमा राजा ल्याउनु पर्ने र प्रदेश सरकार खारेज गर्नु पर्ने अध्यक्ष लिङ्देनले बताउनु भयो । २०८४ सम्म पर्खने समय नभएको बताउदै अहिले नै नसचिएर अन्य पार्टीको राजनीति सकिने छ ।  राप्रपाले देशको नेतृत्व गर्ने अध्यक्ष लिङ्देनकाे दाबी थियो।

मन्तव्यको क्रममा मलेसियाको वैदेशिक रोजगारीमा आउन नेपालमा गरेको स्वस्थ्य परिक्षण पुन: मलेसिया किन गरिनु पर्ने ? मलेसियामा स्वास्थ्य परिक्षण फेल भएर नेपाल फर्किनु पर्ने किन ? यस बारे मलेसियाका नेपाली राजदुतलाई ध्यानाकर्षण गराउनु भयो छ। साथै मलेसियामा बिरामी परेर नेपाल फर्कनु पर्ने भिसा बिहिन नेपालीले पनि तुरुन्तै फर्कन पाउने ब्यवस्था मिलाउन पनि राजदुतलाई ध्यानाकर्षण गराउनु भयो ।

उक्त कार्यक्रम मलेसियाका नेपाली राजदुत डिल्लीराज पौडेल बिशेष अथितिमा कार्यक्रम सम्बोधनका गर्नु भएको थियो।

nepalijanatakhabar

समबन्धित समाचार