दोहा कतार- धादिङ सेवा समाज कतारको आठौं अधिवेशन हुने भएको छ । समाजले आगामी शुक्रबार २ अक्टोबर २०२६ को दिन प्लाजामल स्थित लालीगुराँस रेस्टुरेन्टको सभाहलमा अधिवेशन सङ्गै विविध सांस्कृतिक कार्यक्रम गर्न लागेको हो ।
धादिङको सामाजिक, सांस्कृतिक तथा प्राकृतिक पहिचानलाई जीवन्त राख्दै जिल्लावासीहरु बिच एकता, सहकार्य र भाइचारालाई थप मजबुत बनाउने उद्देश्यले अधिवेशन सङ्गै साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको आयोजक समितिले बताएको छ । अधिवेशनलाई लक्षित गर्दै समाजले आजीवन तथा साधारण सदस्यता पनि खुला गरेको समाजका महासचिव रामहरि श्रेष्ठले नेपाली जनता खबरलाई जानकारी गराएका छन भने उनले कतारमा रहेका सम्पूर्ण धादिङेहरु लाई समाजमा आबद्ध भई अधिवेशनमा सक्रिय सहभागिता जनाउन आग्रह समेत गरेका छन् ।
समाजले केही समय अघि धादिङ लगायत देशको विभिन्न जिल्लामा आएको बाढी पहिरो तथा दैवी विपत्तिमा प्रवासी नेपालीहरूले देखाएको एकता र सहयोगलाई निरन्तरता दिन पनि धादिङे हरू एकजुट हुनुपर्ने जनाएको छ । आगामी दिनमा जिल्लामा आइपर्ने विपत्तिमा संस्थागत रूपमा सहकार्य र सहयोग गर्न सकिने विश्वास व्यक्त गर्दै समाजले एकता नै सामाजिक सेवाको आधार भएको बताएको छ ।
‘धादिङ सेवा समाज कतारको मूल मर्म, समाजसेवा नै हो मानवीय प्रमुख धर्म’ भन्ने भावका साथ अघि बढिरहेको समाजले अधिवेशन मार्फत नयाँ नेतृत्व सँगै आगामी कार्यदिशा तय गर्नेछ । अधिवेशन सँगै हुने विविध सांस्कृतिक कार्यक्रमले कतारमा रहेका धादिङेबिच भेटघाट, आत्मीयता र सांस्कृतिक एकताको वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ भने कार्यक्रममा गणेश हिमाल, त्रिशूली नदी, हरियाली पहाड, झरना तथा ऐतिहासिक–धार्मिक सम्पदाले समृद्ध धादिङको पहिचान लाई सांस्कृतिक प्रस्तुति मार्फत प्रस्तुत गरिने बताएका छन ।
समाजले कतारमा स्थापित विभिन्न जिल्ला, सामाजिक, वैचारिक संघ संस्था, सामाजिक व्यक्तित्व, समाजसेवी, बुद्धिजीवी, सामाजिक अभियान्ता, व्यवसायी, मिडियाकर्मी, पत्रकार, कलाकार सबैलाई उपस्थितको लागि पत्राचार गरिसके सङ्गै कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बताएका छन ।




प्रतिक्रया दिनुहोस्