राष्ट्रिय संगीतकर्मी संघका निबर्तमान अध्यक्ष तथा गायक कार्की मादकपदार्थ नसामा रेडियोमा अन्तरबार्ता दिएपछि….

कलाकार राष्ट्रका गहना हुन् भनेर हामीले भन्दै आउछौ तर कहिलेकाही कलाकारले बाटो बिराउदा समाजमै कति सम्म असर पर्ने रैछ भन्ने एउटा उदाहरण हिजो भएको एक रेडियो अन्तरबार्तालाइ हेर्न सकिन्छ। राष्ट्रिय संगीतकर्मी संघका निबर्तमान अध्यक्ष समेत रहेका सर्जक तथा गायक राजेन्द्र कुमार कार्की मादकपदार्थ सेवन गरेर एक रेडियोमा अन्तरबार्ता दिए।

 

उक्त रेडियो अन्तरबार्तामा बोलेको शब्दहरु अहिले सर्वत्र आलोचनाको बिषय बन्न पुगेको छ।कार्कीले बोल्दा बोल्दै अश्लिल शब्द समेत निकालेपछि उक्त कार्यक्रम प्रस्तोता शरण हुमागाईंले कार्यक्रम बिचैमा रोकेर गीत बजाए।गीत बज्दै गर्दा राजेन्द्र कुमार कार्कीलाई शरणले सोधे “तपाइँ रक्सि पिएर अन्तरबार्ता दिन आउनु भएको रैछ दाइ जे पनि बोल्ने ? अब अन्तरबार्ता रोकिन्छ अब कुराकानी नगरौ”। राजेन्द्रले तत्कालै जवाफ दिए “तेस्तो नगरौ भाइ म संयमित भएर बोल्छु.तस्तो नराम्रो बोलेर मैले “? उल्टो प्रश्न गर्छन राजेन्द्र कुमार कार्की शरण हुमागाईंसंग।

 

धेरै अनुरोध पछि हुमागाईंले राजेन्द्र कुमारसंग थप समय पनि कुराकानी गर्ने निर्णय गरे र फेरी सोहि हर्कत राजेन्द्रबाट दोहोरियो।उक्त हर्कत दोहोरीएपछि हुमागाईंले सक्दो कार्यक्रम छोट्याएर बिदा लिन्छन। बिषय यतिमै सकिन्न,बिषय झन् बिकराल बन्न पुग्यो,जव सरन र राजेन्द्र स्टुडियोबाट बाहिर निस्कन्छन त्यसपछि कार्यक्रम हटाउन शरणलाइ कार्कीले धेरै दवाब दिन्छन।तर हुमागाईंले कार्यक्रम हटाउन मान्दैनन।त्यसो त् हुमागाईंलाइ रेडियोलेनै स्पष्टीकरण लिसकेको थियो।बरिष्ठ पत्रकार हेम सुबेदीले संचालन गरेको रेडियो आहामा अहिले हुमागाईं काम गर्छन।सोहि रेडियोमा बेलुकाको समयमा प्रशारण हुने कार्यक्रम देउरालीमा अतिथिको रुपमा पुगेका कार्कीले एति हर्कत गरेपछि शरण फेसबुकमा स्पष्टीकरण सहित देखिन्छन। जव शरणको फेसबुक पोष्ट आयो त्यसपछि भने राजेन्द्र कुमार कार्कीले गालीगलौज सहितको धम्कीपूर्ण पोष्ट लेख्न थाले।उनि सिमा नागेरै लेख्न थाले जुन लेखाइले उनका सुभचिन्तक समेत आजित थिए। राजेन्द्रले दिएको रेडियोको अभिव्यक्तिलेनै रिसाएका दर्शक श्रोता फेरी उनको पोष्टमा खानिन पुग्छन र अन्तत घटनाले गम्भीर मोड लिन्छ।

 

राष्ट्रिय लोक संचारकर्मी नेपालका कोषाध्यक्षमा केहि दिन अगाडी मात्रै निर्वाचित भएका संचारकर्मी शरण हुमागाईंमाथि सामाजिक संजालमा गलत ढंगबाट आक्रोश व्यक्त गर्ने देखि अन्तरबार्ता लिन पनि पैसा माग्यो भन्ने सम्म स्टाटस लेखेपछि शरण हुमागाईं आफै एक्सनमा उत्रिएका छन।आफुलाई यसरी झुटो आरोप लगाउने र धम्काउने देखि स्टुडियोमा अन्तरबार्ता दिन आउदा समेत मादकपदार्थ सेवन गरि कलाकारहरुमाथिनै आच पुग्नेगरी अपशब्द बोलेको भन्दै आफु कानुनि उपचारमा जाने चेतावनी दिएका छन। हामीसंगको कुराकानीमा लोक संचारकर्मी नेपालका कोषाध्यक्ष शरण हुमागाईंले आफु अन्यायमा परेको र गलत अभिव्यक्ति दिएको भन्दै कानुनि उपचारमा जान लागेको बताएका छन।यस बिषयमा लालीगुराँस डटकमले राजेन्द्र कुमार कार्की संग बुझ्न खोज्दा सम्पर्कमा आउन चाहेनन्।

 

राष्ट्रिय लोक संचारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमले संचारकर्मी हुमागाईंमाथी भएको दुर्व्यवहार खेदजनक छ,हामी सहेर बस्दैनौ। एउटा रेडियो कार्यक्रममा जादै गर्दा आफु कुन मर्यादामा बस्ने भन्ने कलाकार अतिथि स्वयम् आफैले बुझ्न पर्ने तर कार्की जानी जानी संचारकर्मीलाइनै हेप्ने शैलीले प्रस्तुत भएको भन्दै सम्बन्धित निकायलाई कारबाहीको माग गरेका छन। राष्ट्रिय लोक संचारकर्मी नेपालका सचिब कमल सरगमले राष्ट्रिय लोक संचारकर्मी नेपालको तर्फबाट एक बिज्ञप्तिनै जारी गर्दै सस्थाका कोषाध्यक्षमाथि भएको दुर्व्यवहारको खण्डन गरेका छन। बिज्ञप्तिमा भनिएको छ:रेडियो आहा १०४.५ मेगाहर्जमा कार्यरत पत्रकार तथा राष्ट्रिय लोकसंचारकर्मी नेपालका कोषाअध्यक्ष शरणकुमार हुमागाई माथि गायक राजेन्द्र कुमार कार्कीले धम्किपूणर् ढंगले लगाएको आक्षेप र टिप्पणीप्रति राष्ट्रिय लोकसंचारकर्मी नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।

 

रेडियो आहामा हिजो बुधवार बेलुका ७ देखि ८ वजे सम्म प्रसारण भएको देउराली कार्यक्रमको अन्तरवार्ता पश्चात सामाजिक संजालमा पत्रकार हुमागाईका विरुद्ध कार्कीले लेखेको विषय समग्र पत्रकार जगतमाथिको नजानिदो प्रहार हो ।

 

पत्रकारिता त्यसमाथि पनि लोकसंचारकर्मीको रुपमा कलम र आवाज मार्फत संचार माध्यममा सक्रिय हुमागाई माथि लोकस्रष्टाबाटनैै यस्ता व्यवहार हुनु दुर्भाग्यपूणर् र खेदजनक छ ।

पत्रकारलाई दुव्र्यवहार गर्दै धम्क्याएको यो घटना अत्यन्त निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रता र कानुनविपरीतको काम हो ।

सञ्चार कर्ममा जुटेका पत्रकारलाई धम्की र दुव्र्यवहारपूणर् भाषा प्रयोग गर्नेमाथि कानुनबमोजिम कारबाही गरी प्रेसलाई निर्वाध र सुरक्षित रूपमा काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौं लालीगुराँस डट्कम बाट

सम्बन्धित समाचार