स्याङ्जा सहयोग समाज कतार र राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल शाखा कतारद्वारा चार कलाकार सम्मानित……

दोहा कतार – हिजो आज प्राय हरेक हप्ता कुनै न कुनै कार्यक्रमको लागि नेपालबाट कतारमा आफ्नो सांगीतिक प्रस्तुति दिन आउने कलाकारहरुको भिड नै लाग्ने गरेको छ। कोहि कलाकार आउछन् प्रस्तुति राखेर तुरुन्तै फर्किन्छ भने कोहि कलाकारहरु केही दिन घुमफिरको लागि बस्छन र विभिन्न संघ सस्थाहरुबाट सम्मानित पनि हुने गर्छन।

हो यहि सिलसिलामा पछिल्लो समय नेपाल मगर संघ शाखा कतारले आयोजना गरेको एउटा कार्यक्रममा आफ्नो साँङ्गीतिक प्रस्तुति दिन कतार आएका चार जना राष्ट्रिय कलाकारहरुलाई बुधबार साँझ प्लाजामल स्थित संसारा थकाली ओरन्टियल रेस्टुरेन्टको सभाहलमा सम्मान तथा भेटघाट कार्यक्रमको आयोजना गरि स्याङ्जा सहयोग समाज कतार र राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल शाखा कतारले संयुक्त रुपमा सम्मान गरेको छ।

स्याङ्जा सहयोग समाज कतारका अध्यक्ष प्रकाश परियारको सभापतित्व तथा स्याङ्जा सेवा समाज कतारका संस्थापक तथा प्रमुख संरक्षक गुरु नारायण रानाभाटको प्रमुख आतिथ्यता, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान शाखा कतारका अध्यक्ष शिवराम ढकाल, मगर संघ कतारका अध्यक्ष रेशम आले मगर लगायत बिशिस्ट ब्यक्तित्वहरुको बिशेष आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा गायक तथा सर्जक डोलराज बाह्रघरे र गायक तथा हास्यंकलाकार अर्जुन कुँवरलाई सम्मान पत्रको साथमा नेपाली ढाका टोपीले र लोक तथा दोहोरी गायिका रुस्मा सिञ्जाली मगर (रुपी) र मोडल तथा डान्सर अस्मिता राना मगरलाई सम्मान पत्रको साथ दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

लोक तथा दोहोरीगीत प्रतिष्ठान शाखा कतारका अध्यक्ष शिवराम ढकालले स्वागत मन्तब्य राखेको कार्यक्रममा बोल्ने क्रममा गायिका रुस्मा सिञ्जाली मगरले साङ्गीतिक यात्राको आफ्नो पहिलो वैदेशिक यात्रा कतार भएको र यो अवसर जुराइदिने नेपाल मगर संघ शाखा कतारलाई धन्यवाद दिदै कतारबासी नेपालीहरु सङ्ग प्रत्यक्ष भेट्न पाँउदा आफुलाई अत्यन्तै खुशी लागेको बताएकी थिइन ।

स्याङ्जा सहयोग समाजका महासचिव टेक गैरे र प्रतिष्ठान कतारका सह-सचिब बाबु कौशलले मिलेर सहजीकरण गरेका कार्यक्रममा गायक तथा हाँस्यकलाकार अर्जुन कुँवर (पित्री बूढो) ले भर्खर सगिंत सिक्दै गरेको विद्यार्थीलाई कतारसम्म आउन सहयोग गरेकोमा मगर संघ कतार र गुल्मी सेवा समाजलाई कृतज्ञता प्रकट गर्दै कतार यात्राले आफ्नो जिवनमा थप सहयोग पुग्ने बताका थिए भने उनी आफैले गायको चर्चित गीत आँशुको कारखाना गाएर सुनाउनुको साथै केही हाँस्य सामाग्री पनि प्रस्तुत गरेका थिए त्यस्तै सर्जक तथा गायक डोलराज बाह्रघरेले कतारले दिएको माया, सम्मान र सद्भाव जिवनकाल भरी अविस्मरणीय रहने बताउदै सम्मान गर्ने संस्थाप्रति आभार व्यक्त गरेका थिए ।

प्रमुख अतिथी गुरु नारायणले कला संस्कृतिको जगेर्ना गर्ने राष्ट्रका गहना कलाकारहरुलाई राष्ट्रले उचित व्यवस्था नगरेको बताउँदै प्रवासमा रहेर व्यस्त डिउटीको बाबजुद पनि भाषा कला र संस्कृतिलाई बचाउन राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल शाखा कतारले खेलेको भुमिकाको खुलेर प्रशंसा गरेका थिए ।

कार्यक्रमको अन्तमा मोडल तथा डान्सर अस्मिता रानाले कतार यात्रा आफ्नो दोस्रो रहेको जानकारी गराउदै आगामी दिनहरुमा पनि माया र साथको अपेक्षा रहेको बताइन भने कार्यक्रमका सभापति प्रकाश परियारले गृह जिल्लाकी चेली राष्ट्रका गहनाहरुसगं भेटघाट गरी यसरी सम्मान गर्ने अवसर मिलाई दिएकोमा नेपाल मगर संघ शाखा कतारप्रती हार्दिक कृतज्ञता व्यक्त गरेका थिए ।

सम्बन्धित समाचार