प्रवासी भुजेल समाजको ७औं महाधिवेशन सम्पन्न अध्यक्षमा बिकास भुजेल सहित २१ सदस्यीय कार्यसमिति निर्विरोध चयन…….

दोहा कतार – “भुजेल जातीको विकास र उन्नतिको आधार, साँस्कृतिक चेतना शिक्षा र रोजगार” भन्ने मुल नारा सहित २०१० मा स्थापना भएको  प्रवासी भुजेल समाज कतारको ७औं महाधिवेशन प्लाजामल स्थित रेडचिल्ली रेस्टुरेन्टको सभाहलमा शुक्रबार भव्य रुपमा सम्पन्न भएको छ।

समाजका अध्यक्ष युवराज भुजेलको सभापतित्व, नेपाल आदिवासी जनजाति महासंघ शाखा कतारका अध्यक्ष डि.एन मगरको प्रमुख आतिथ्यता, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका महासचिव रबिन मगर, समाजका संरक्षक नियम भुजेल, भुजेल समाजका संरक्षक तथा जनजाती महासंघ कतारका विशेष सल्लाहकार शिवकुमार भुजेल लगायत कतारमा स्थापित विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि, बैचारिक सस्थाका प्रमुख तथा प्रतिनिधिहरु, सामाजिक अभियान्ता, बुद्धिजीवीहरुको साथै बिशिस्ट व्यक्तित्वहरु, कलाकार, पत्रकारहरुको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

बिधिवत रुपमा ब्यानर अनावरण सङ्गै दीप प्रज्वलन गरि राष्ट्रिय गान बजाएर सुरु भएको कार्यक्रम खुल्ला र बन्दसत्र गरि दुई भागमा बिभाजन गरिएको थियो भने उपस्थित सबैलाई सम्बोधन गर्दै समाजका बरिस्ठ उपाध्यक्ष प्रभात भुजेलले स्वागत मन्तव्य राखे लगतै समाजका कलाकारहरु गिता भुजेल, बिध्या भुजेल, बिष्णु भुजेल र भुमिका राइले स्वागत नृत्य मार्फत स्वागत गरेका थिए।

कार्यक्रममा शुभकामना मन्तव्यको क्रममा एनसीसी कतारका महासचिव रबिन मगर, समाजसेवी तथा बुद्धिजीवी जैबी राई, चानक पोखरेल, शेर्पा केदुङका अध्यक्ष पेम्बा शेर्पा, नेपाली धानुक समाजका महासचिव तेजिलाल मण्डल, तमु (गुरुङ) समाजका प्रथम उपाध्यक्ष तेज गुरुङ, प्रवासी नेपाली एकता मंचका सल्लाहकार गणेश ढकाल, प्रवास नेपाली सम्पर्क बिभागका कोषाध्यक्ष सुजन ढकाल, नेपाली जनप्रगतिशिल मंचका सह- कोषाध्यक्ष योगेन्द्र तामाङ, प्रवासी नेपाली मंचका उपाध्यक्ष अफसल अलि खान नेपाली जनसम्पर्क मंचका महामन्त्री केशव भुसाल, भुजेल समाजका संरक्षकद्वय नियम भुजेल र शिवकुमार भुजेल लगायतले नयाँ बन्ने कार्यक्रम समितिलाई सफल कार्यकालको अग्रिम शुभकामना दिदै आ-आफ्नो भनाइहरु राखेका थिए ।

समाजका महासचिव दुर्गा भुजेलले सहजीकरण गरेका कार्यक्रममा प्रमुख अतिथि डि.एन मगरले स्वर्ग जस्तो गाउँ, मन्दिर जस्तो घर, भगवान जस्तो बाआमा र गुडिया जस्ता बालबच्चा छोडेर परदेश आएका परदेशिहरुले आफ्नो भाषा, सस्कृती,रितिरिवाज र पहिचानको जगेर्ना गर्ने उद्देश्यले स्थापना भएका विभिन्न जातीय सस्थाहरु मध्यको एउटा सस्था भुजेल समाज पनि हो भन्दै अहिले युवराज भुजेलको नेतृत्वसम्म आएर सातौं महाधिवेशन गर्न सफल भएको बताए।

उनले नयाँ बन्ने २०२४ / २०२६ को कार्यसमितिलाई अग्रिम कार्यकाल सफलताको शुभकामना दिदै आफू आदिवासी जनजाती महासंघको अध्यक्ष भएको एक वर्ष अबधिभर थुप्रै संघ संस्थाका अध्यक्षहरु सङ्ग धेरै राम्रो कामहरुमा सहकार्य गर्ने अवसर पाएको र ती अध्यक्षहरु मध्येका एक अध्यक्ष भुजेल समाजका अध्यक्ष युवराज भुजेल पनि रहेको बताए मगरले युवराज भुजेलले आफ्नो कार्यकाल सफलता पुर्वक सम्पन्न गरेकोमा बधाई दिदै नयाँ नेतृत्वले पनि आपसमा साथ,सहयोग र सद्भाव कायम राख्नेमा आफू ढुक्क भएको बताएका थिए ।

मगरले अगाडि बोल्दै कार्यक्रममा निमन्त्रणा गरेर बोलाइएका व्यक्तिहरुले ब्यानरमा लेखिएको बिषयभन्दा बाहिर गएर बोल्ने परीपाटिलाई सुधार गर्नु पर्ने भन्दै राजनीतिक तथा बैचारिक संघ सस्थाहरुले आफ्नो कार्यकालमा गर्छु भनेका विभिन्न कामकार्यहरू के कति गरे भन्ने बिषयमा पनि प्रश्न र निगरानी राख्नु पर्ने बताएका थिए।

खुल्ला सत्र कार्यक्रम अबधिभर उपस्थितिहरुलाई मनोरञ्जन दिनको लागि केहि साँङ्गीतिक प्रस्तुतिहरु पनि राखिएको थियो जस अन्तर्गत सस्थाका कलाकारहरुको साथै रमजान निर्दोष, एनआरएन आइडल सिजन वानकी फाइनालिस्ट गायिका गुना मगर निशु, अहिले कतारमा जारी एनआरएनए नेपाली ताराको फाइनलमा पुगेका गायक मानसिङ निर्दोष परियार र एन्जल राई लगायतले आफ्नो उत्कृष्ट गायन तथा नृत्य प्रस्तुतिहरुले कार्यक्रमलाई आकर्षित बनाइदिएका थिए भने २०२१ / २०२३ कार्यकाल भरी सस्थाले गरेका कार्यक्रमहरुमा प्रस्तुति दिने कलाकारहरुलाई सम्मान गरेको थियो।

खुल्ला सत्रको अन्तमा कार्यक्रममा समाबेश गरिएको चिट्ठा कार्यक्रमको चिट्ठा खोलेसङ्गै सभापति युवराज भुजेलले आफ्नो कार्यकाल भरी अहोरात्र खटेर सहयोग गर्ने सम्पुर्ण कार्यसमिति टिमलाई धन्यवाद दिदै आवश्यक परेको खण्डमा आगामी दिनमा पनि आफू कतारमा रहेसम्म सस्थाको लागि र कार्यसमिति तथा अन्य व्यक्तिहरुलाई पनि निसङ्कोस साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै संस्थाले निर्णय गरेर गरेर गर्न बाँकी रहेका कामहरू नयाँ बन्ने कार्यसमितिले पूरा गर्ने अपेक्षा राख्दै कार्यक्रम सफल पार्नेको निमित्त उपस्थित भएका सम्पुर्णप्रती आभार व्यक्त गर्दै कार्यक्रम समापन भएको घोषण गरेका थिए । 

७औं महाधिवेशनको खुल्ला सत्र कार्यक्रम समाप्न लगतै सुरु भएको बन्दसत्रबाट भुजेल समाजले २०२४/२०२६ कार्यकालको लागि बिकास भुजेलको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति पाएको छ जस अन्तर्गत:-

१) अध्यक्ष :- बिकास भुजेल ( तनहुँ )
२) बरिस्ठ उपाध्यक्ष :- सन्तोस भुजेल (कास्की)
३) प्रथम उपाध्यक्ष :- श्रीमान भुजेल (लम्जुङ)
४) दित्तिय उपाध्यक्ष :- गिता भुजेल (धादिङ)
५) महासचिव :- दुर्गा बहादुर भुजेल (गोर्खा)
६) सचिब :- नैन भुजेल (सर्लाही)
७) कोषाध्यक्ष :- शर्मिला भुजेल (सिन्धुली )
८) सह- कोषाध्यक्ष :- रोज भुजेल (सिन्धुली)

????सदस्यहरुमा :-

९) चित्रबहादुर भुजेल (कास्की)
१०) अन्तर भुजेल (मोरङ)
११) देबी भुजेल (मोरङ)
१२) कुमारी भुजेल (झापा)
१३) मिना भुजेल (ओखलढुंगा)
१४) मोहन कुमार भुजेल (मोरङ)
१५) पुर्ण घर्ती (स्याङ्जा)
१६) शारदा भुजेल (झापा)
१७) बिष्णु भुजेल (स्याङ्जा)
१८) बिघ्या भुजेल (रुपन्देही)
१९) देब भुजेल (स्याङ्जा) र
२०) लुक बहादुर भुजेल (रुपन्देहि) निर्विरोध चयन भएका हुन एक जना सदस्य कार्यसमितिको पहिलो बैठकले मनोनीत गर्ने बताइएको छ भने निर्वाचित सबैलाई नेपाल आदिवासी जनजाती महासंघ कतारका सल्लाहकार सियाराम चौधरीले सपथ खुवाएका थिए । त्यस्तै सस्थाले २०२१ / २०२३ मा विभिन्न तवरले सस्थालाई पुर्याएको योगदानको कदर गर्दै मायाको चिनोको साथमा दोसल्ला ओढाएर सम्मान गरेको थियो ।

 

 

 

 

 

सम्बन्धित समाचार