परियार मित्रता समाज कतारको आन्तरिक परिचयत्मक भेटघाट तथा साँस्कृतिक कार्यक्रम भव्य सम्पन्न…..

दोहा कतार – परियार मित्रता समाज कतारले आयोजना गरेको आन्तरिक परिचयत्मक भेटघाट तथा साँस्कृतिक कार्यक्रम शुक्रबार भव्य सम्पन्न भएको छ।

सस्थाका अध्यक्ष सालिकराम परियारको सभापतित्व, प्रमुख संरक्षक ठाकुर कुमार परियारको प्रमुख आतिथ्यतामा परियार समुदाय भित्रका बिशिस्ट ब्याक्तित्व, व्यवसायीहरु, कलाकारहरु, पत्रकार तथा समाजका संस्थापक पदाधिकारीहरुको बाक्लो उपस्थितिमा प्लाजामल स्थित लालिगुँरास रेस्टुरेन्टको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो।

बिधिवत रुपमा दिप प्रज्वलन गरि राष्ट्रिय गान बजाएर सुरु गरिएको कार्यक्रममा समाजकी महिला उपाध्यक्ष उषा परियारले स्वागत मन्तव्य र कलाकार साजना स्वर्णकारले स्वागत नृत्यद्वारा उपस्थित सबैलाई स्वागत गरेका थिए।

आन्तरिक परिचयत्कम भेटघाट तथा साँस्कृतिक कार्यक्रम भनिए पनि समाजले कार्यक्रममा विद्यार्थी छात्रवृत्ति अक्षयकोष स्थापनाको सहयोगार्थ भाग्यशाली उपहार कार्यक्रम समाबेश गरेको थियो जसमा सहभागी मध्यका भाग्यमानी – ५ जनाले स्मार्ट घडी, १- जनाले जेबिएलको ब्लुटुथ स्पिकर, – १ जनाले स्मार्ट मोबाइल, १- जनाले ३२ इन्चको स्मार्ट टिभी र १- जनाले १० ग्राम २४ क्यारेटको सुन जित्न सफल भएका थिए ।

भाग्यशाली कार्यक्रममा सहभागी भएर पहिलो उपहार १० ग्राम सुन जित्ने स्याङ्जा अर्जुनचौपारी – १ दारेगौडा घर भएका दिकप साही समुन्द्रले पहिलो उपहार जितेकोमा खुशी व्यक्त गर्दै आफ्नो तर्फबाट समाजलाई कतारी रियल (५००) सहयोग गरेका थिए साही एक हप्ता अघि मात्र कतार आएका हुन।

समाजका महासचिव सुनिल परियारले सहजीकरण गरेका कार्यक्रममा समाजका संरक्षकद्वय बालकृष्ण भित्रीकोटि, ललित सुचिकार, प्रमुख सल्लाहकार पुर्णबहादुर नेपाली (परियार) सल्लाहकारहरु कृष्ण परियार, किरण परियार र सस्थाका आजिवन सदस्य बिजय गौतम लगायतले आ-आफ्नो मन्तव्य राखेका थिए जसमध्ये सल्लाहकार किरण परियारले आफुले आफ्नो समुदाय अन्तर्गतको संस्थामा ३ कार्यकालको नेतृत्व गर्दै गर्दा परियार मित्रता समाजको पनि आजिवन सदस्य रहेको बताए तर समाजले पुर्व पश्चिम, उत्तर दक्षिण सबै क्षेत्रका आफ्नो समुदाय भित्रका सबैलाई समेटेर लानु पर्नेमा नेतृत्व भेगिय र क्षेत्रीय हिसाबमा अघि बढेको र समाजमा एक रुपता नभएको भन्दै गुनासो गरेका थिए, भने कार्यक्रमको बारेमा सुमन नेपाल (परियार) जानकारी गराएका थिए।

त्यस्तै समाजका प्रमुख संरक्षक तथा कार्यक्रमका प्रमुख अतिथि ठाकुर कुमार परियारले करिब अढाई दशक लामो कतार बसाइको अनुभव स्मरण गर्दै पहिला समाज अरु व्यक्तिको आवस्यकताको लागी बनाइन्थ्यो तर अहिले आफ्नो आवस्यकताको लागि समाज बनाउने गरेको सुनाए। उनी भन्छन “पहिलाको समाज र अहिले समाजमा धेरै परिवर्तनहरु भएका छन पहिला भेग र क्षेत्र छुट्याइदैन थियो एउटा नेपालीलाई दु:ख पर्दा अर्को नेपालीलाई दुख्थ्यो तर अहिले आफ्नोलाई मात्र प्राथमिकतामा राख्ने चलन बढ्दै गएको छ।” दोहामा परियार मित्रता समाज स्थापना भएर यहाँ सम्म आइपुगेको देख्दा आफुलाई खुशी लागेको बताउने ठाकुरले त्यही समाजमा आबद्ध भएका मान्छेहरु नै अरु कसैको आवश्यकताको लागि प्रयोग भएकोमा आफुलाई दु:ख लागेको बताए।

समग्र नेपालभरिबाट यहाँ रहदै आएका यो समुदायभित्रका सबै एकै घरका परिवार हौं भनेर नितान्त कतारमा मात्र स्थापना भएको परियार मित्रता समाजलाई भेगिय र क्षेत्रीय नजरले हेर्न नहुने उनको भनाई थियो । भने कार्यक्रम अबधिभर कलाकारहरु साजना स्वर्णकार, प्रताव चाहार र सोमबहादुर परियारले आ-आफ्नो साँङ्गीतिक प्रस्तुतिले माहोल मनोरञ्जनात्मक बनाइदिएका थिए।

कार्यक्रमको अन्तमा समाजका अध्यक्ष तथा कार्यक्रमका सभापति सालिकराम परियारले उपस्थित सम्पुर्णलाई सम्बोधन गर्दै कार्यक्रम सफल पार्न अहोरात्र खट्ने पदाधिकारी तथा सदस्यहरुलाई धन्यवाद दिएका थिए । कार्यक्रममा बोल्दै गर्दा उनले कतारमा रहेका परियार दाजुभाइ दिदिबहिनीहरुकै मायाले र यो समुदायको हकहितको लागि भनेरै समाज स्थापना भएको प्रष्ट पारेका थिए। समाजलाई अगाडि बढाउदै लैजाने क्रममा भएका केही कमी कमजोरीहरुलाई अग्रजहरुले दिएको सल्लाह सुझाव अनुसार सुधार गर्दै जाने प्रतिबद्धता गर्दै कार्यक्रममा सहभागी भएर सहयोग गरिदिने सबै प्रती आभार व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए।

 

 

 

सम्बन्धित समाचार