भरत डिसीको (गजल) परेको छु शब्दको, अभावमा अचेल।

परेको छु शब्दको, अभावमा अचेल।।
म मुस्कुराउने गर्छु जवाफमा अचेल

छोराले बाआमा बिर्सियो ठिकै गर्यो।।
बोटको माया भेटिन्न पातमा अचेल

तिम्रो यादले, तिम्रो पिरको असरले।।
केहि अरु हुन्न मेरो दिमागमा अचेल

निश्चित न तिमी भयौ, न तिम्रो प्रेम।।
जिन्दगी चल्दैछ अन्दाजमा अचेल

गजल

एक्लै गरेर मात्र नहुने रहेछ बात पनि!बो

ल्दा सम्म थियो कसैको साथ पनि!!

आखाँ चिम्लि जसलाई बिश्वास गरे,

उसैबाट बिस्तारै हुँदै छ घात पनि!!

तिमीले पर्खिएनौ भन्ने भ्रम मेटियो,

दिनको साथ पाए सकिन्छ रात पनि!!

जात धर्म केहि होइन भन्नेकै हातबाट,

मायाँमा त मर्ने कारण रह्यो जात पनि!!

बाहिरी चोट नदेखाई भित्र भित्रै गलाउने,

अनौठो हुँदोरहेछ यो प्रेमको मात पनि!!

#गजल
आमालाई भगवानको भरमा छोडेको छ ।
कुन परदेशीले आफ्नो देश रहरमा छोडेको छ ।

एउटै थियो लास उठाउन सक्ने मान्छे गाउँमा,
उसले पनि राहदानी मेनपावरमा छोडेको छ ।

यो एउटा परदेशीले पठाएको चिट्ठी हो हेर्नुस्,
कसरी आफूलाई अक्षर अक्षरमा छोडेको छ ।

जीवनभरी कसैले कसैलाई साथ दिन सक्दैन,
नदीले पनी कैयौँ ढुङ्गाहरू बगरमा छोडेको छ ।

म कुनैदिन कोहिनुर बनेर निस्किए के होला ?
आज कसैले मलाई सुनको चक्करमा छोडेको छ।

भरत डिसी (हाल मलेसिया)

सम्बन्धित समाचार