नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतारले भब्य मनायो सोनाम ल्होछार – २०२४…

दोहा कतार – नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतारले आयोजना गरेको सोनाम ल्होछार कन्सर्ट – २०२४ शुक्रबार सभ्य र भव्य रुपमा सम्पन्न भएको छ।

“नेपालीहरुको राष्ट्रिय पर्व तामाङ जातिको नयाँ वर्ष मञ्जुश्री -२०६० (डुक ल्हो/मु मुख्री वर्ष)सोनाम ल्होछार लाई भब्य रुपमा सफल पारौं” भन्ने मुल नारालाई आत्मसात गर्दै आएको घेदुङ समितिले दोहामा रहेको अल अरबी स्पोर्ट्स क्लबको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो।

नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतारका अध्यक्ष बिकास लामा तामाङको सभापतित्व, नेपाली राजदूतावासका सहायक राजदूत तथा मिसन उप-प्रमुख कुमार राईको प्रमुख आतिथ्यतामा (लामा गुरुहरु) जनक लामा, फिसङ लामा, पल्देन दोर्जे लामा, एनसीसी कतारका अध्यक्ष रमेश भट्ट, कतारमा स्थापित विभिन्न जिल्ला तथा जातीय संघ संस्थाहरुका प्रमुख एवंम प्रतिनिधिहरु, बैचारिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, विशिस्ट व्यक्तित्वहरु, सामाजिक अभियान्ताहरु, समाजसेवी, बुद्धिजीवीहरु, व्यवसायीहरु, दर्जनौं कलाकारहरु र पत्रकारहरु सङ्गै १ हजार भन्दा धेरै दर्शकहरुको उपस्थिति रहेको थियो।

तामाङ समुदाय र संस्कृती अन्तर्गतको जागरण गीतमा झाँकी प्रदर्शन सहित दिप प्रज्वलन गरि राष्ट्रिय गान बजाएर औपचारिक रुपमा सुरु भएको कार्यक्रममा तामाङ समुदायका कलाकारहरुले स्वागत नृत्य तथा साङ सेरगेम प्रस्तुत गरेका थिए भने सस्थाका संरक्षक तथा कार्यक्रम संयोजक एक्का प्रसाद तामाङले सोनाम ल्होछार किन र कसरी मनाइन्छ भन्ने बारे जानकारी गराउदै उपस्थित सबैलाई सम्बोधन गर्दै स्वागत मन्तव्य राखेका थिए । तामाङको स्वागत मन्तव्य पश्चात प्रमुख अतिथि तथा विशिस्ट अतिथिहरुलाई तामाङ टोपी अर्थात (ताकी) लगाएर सम्मान गरिएको थियोे ।

औपचारिक र साँस्कृतिक गरि दुई चरणमा बिभाजन गरिएको कार्यक्रममा गायक सुर्य लामाले उर्लियो तामाङ टुँडिखेलमा बोलको आफ्नो प्रस्तुति राख्दै साँस्कृतिक कार्यक्रमको दैलो उघारेका थिए। त्यसपछि निरन्तर रूपमा गोइजिन तामाङ, प्रिया तामाङ र कमला तामाङले लासो लासो फ्याफुल्ला गीतमा नृत्य, सानुबाबु तामाङले माया भए छेउमै आउन, गौतम तामाङले रोसी खोला पारी मेरो माया, साल्मा तामाङ, कमला तामाङ, दिपिका कार्की, मान बहादुर तामाङ, समीर तामाङ र सागर तामाङले म्हेन्दोमाया नृत्य, सपना घलान तामाङले उत्कृष्ट काठे भाका, विसु तामाङले मेरो जीवन परदेशमै बित्यो, सन्तु तामाङ, सम्झना तामाङ, सागर तामाङ र समीर तामाङले जोर नाले बन्दुकमा नृत्य, माया थोकरले म्हेन्दोमाया, बद्री देबकोटाले चैतारीको बर र सुजन गुरुङले पिलायो साथिले भन्ने गीतमा साँङ्गीतिक प्रस्तुतिहरु पस्किएका थिए।

साँस्कृतिक कार्यक्रमको बिच बिचमा केही बिशिस्ट व्यक्तित्वहरुलाई शुभकामना मन्तव्य राख्न समय उपलब्ध गराइएको थियो जसमा नेपाली महिला समाज कतारकी बरिस्ठ उपाध्यक्ष सन्ध्या अर्याल, एनसीसी कतारका अध्यक्ष रमेश भट्ट, आईसीसीका पुर्व मानर्थ सदस्य तथा वर्तमान सल्लाहकार कमलमणि गुराँगाई, लगायतले आ – आफ्नो शुभकामना मन्तव्य राखेका थिए।

समितिका महासचिव भिमराज तामाङ र उप- महासचिव कमला दोङ तामाङले संयुक्त रूपमा सहजीकरण गरेका कार्यक्रमको मुख्य आकर्षण सुरु हुँदा नेपालबाट आमन्त्रित अतिथि कलाकारहरुको साँङ्गीतिक प्रस्तुति अन्तर्गत सबै भन्दा पहिला पुर्बेली लोक गायक उमंग लामा गाउलाई सम्झेको भन्ने गीत गाउदै स्टेज उक्लेका थिए, उनले सो गीतसङ्गै देउराली बनेछ ढुंगाको, के भन्ने हाम्रो समय, वारि जमुना पारी जमुना, आलु तामाले बुहारी चाहियो भन्छिन आमाले भन्ने गीत गाएर मज्जैले दर्शकहरुलाई झुमाएका थिए।

त्यसै गरि दोस्रो प्रस्तुतिको लागि सेलो गायिका रेश्मा बम्जन तामाङ सेलो गीत ह्याङतामाको साथमा दर्शकहरु माझ प्रस्तुत भएकी थिइन भने उनले पनि बैशाखै गए मङ्सिरै आउला, डम्फु र सेलो च्याङ्बा र मैच्याङ, खट्टे जो, च्यागो होइ, कोइराला काठे, तामाङको चेली लगायतका आधा दर्जन सेलो तथा म्हेन्दोमाया गीत गाएर माहोललाई संङ्गीतमय बनाई दिएकी बम्जनले आफ्नो प्रस्तुति राखिसके पछी कार्यक्रममा उपस्थित भएका सम्पुर्णलाई एक मुस्ट सोनाम ल्होछारको शुभकामना दिदै कतारले दिएको मायालाई सधैं सम्झनामा राखिराख्ने बताएकी थिइन।

साँस्कृतिक कार्यक्रमकै दौरान नेपालबाटै आमन्त्रित म्हेन्दोमाया तथा चर्चित लोक दोहोरी गायिका मनमाया वाइबा तामाङ आफ्नो पहिलो प्रस्तुति मर्के सिरुङ रुङ नामक म्हेन्दोमाया गीत गाउदै स्टेज चढेकी थिइन मनमायाले कितली कितली, नम्सरी लगायतको सेलो तथा म्हेन्दोमाया गीत सङ्गै लोक दोहोरी गीत भाले मजुर गाएर सभाहलमा उपस्थित दर्शकहरु र अतिथिहरु सबैलाई भरपुर मनोरञ्जन दिलाएकी थिइन। उनेले संङ्गीत सिक्दै गरेको बिद्यार्थीलाई विश्वास गरेर ठुला कलाकारहरु सङ्गै प्रस्तुतिको लागि बोलाएकोमा खुशी व्यक्त गर्दै आयोजक परिवार धन्यवाद दिएकी कार्यक्रमबाट बिदा भएकी थिइन।

साँस्कृतिक प्रस्तुतिको अन्तमा कार्यक्रम हलमा एउटा फरक दृश्य देखिएको थियो जुन चर्चित तथा भर्सटाइल गायक राजेश पायल राइको इन्ट्री कार्यक्रम हलको सम्पूर्ण बत्ति निभाएर सितल छयाले बोलको गीत गाउदै स्टेजमा देखा परेका राइले हलमा आफ्नो प्रस्तुति हेर्न प्रतीक्षारत अतिथि तथा दर्शकहरुको ध्यान आफुतिर खिचेका थिए राईले मैले मायाले दिएको चिनो, पुर्बेली मारुनी गीत, दर्शन नमस्ते, मादलुको ताल, नाइ नभन्नु ल, यानीमाया, मलाई पनि अङ्ग्रेजीमा बोल्न सिकाइदेउन, बसमा छैन यो मन जस्ता गीतहरु गाएर कार्यक्रम स्थलमा हङ्गामा मचाइदिए गाउदै गर्दा योयो शब्दलाई आफ्नो बोल्ने थेगो बनाएका राजेशले आफू जति पटक कतार आए पनि हरेक पटक नौलो लाग्ने बताएका थिए भने तामाङहरुको राष्ट्रिय पर्व सोनाम ल्होसार कार्यक्रममा आफू सहभागी हुन पाएकोमा खुशी लागेको बताउदै निमन्त्रणाको लागि तामाङ घेदुङ कतार परिवार प्रति आभार व्यक्त गर्दै कार्यक्रमबाट बिदा मागेका थिए ।

कार्यक्रमको अन्त अन्त तिर मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि राइले नेपाल हामी सबै नेपालीहरुको साझा फुलबारी भएको र त्यही साझा फुलबारी भित्रको एउटा सुन्दर तामाङ जाती पनि भएको बताएका थिए । राइले परदेशी भुमिमा रहेर पनि तामाङ जातिको धर्म सस्कृतीलाई बचाइ राख्न तामाङ घेदुङले गरेको यो योगदान प्रती आफू नतमस्तक भएको बताए राइले यस्तो ऐतिहासिक कार्यक्रममा प्रत्यक्ष सहभागी भएर कार्यक्रमको अवलोकन गर्न पाएकोमा खुशी लागेको भन्दै यति ठुलो कार्यक्रम आयोजना गरेर सफलता पुर्वक सम्पन्न गर्न सफल भएकोमा नेपाल तामाङ घेदुङ प्रवास कार्यसमितिको सम्पुर्ण टिमलाई बधाई तथा उपस्थित सम्पुर्णलाई सोनाम ल्होछारको शुभकामना दिदै आफ्नो शुभकामना मन्तव्यको बिट मारेका थिए ।

कार्यक्रमको अन्तमा कार्यक्रमका सभापति तथा नेपाल तामाङ घेदुङ प्रवास कार्यसमितिका अध्यक्ष बिकास लामा तामाङले कार्यक्रम सफल बनाउनको निम्ति प्रत्यक्ष अप्रत्यक्ष रुपमा साथ सहयोग गरेर यो पटकको सोनाम ल्होछारलाई ऐतिहासिक बनाइदिने सम्पूर्ण स्पोन्सरहरु सह- स्पोन्सरहरु, अतिथिहरु, कलाकारहरु,पत्रकार तथा मिडियाकर्मीहरु लगायत उपस्थित सम्पुर्ण दर्शकहरु प्रती आभार व्यक्त गर्दै आगामी दिनहरुमा पनि यस्तै साथ सहयोगको अपेक्षा राख्दै कार्यक्रमको समापन गरेका थिए ।

तामाङ समुदायको राष्ट्रिय पर्ब मानिने मञ्श्री(डुक ल्हो/मु मुख्री) सोनाम ल्होछारलाई यो समुदायले नयाँ वर्षको रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने गर्दछ्न।

 

 

सम्बन्धित समाचार