सिन्धुली सेवा समाज कतारको ११औं अधिवेशन सम्पन्न अध्यक्षमा पुनः कृष्ण बर्मा सहित १८ सदस्यीय नयाँ कार्यसमिति चयन..

दोहा कतार – सिन्धुली सेवा समाज कतारको ११औं अधिवेशन शुक्रबार प्लाजामल स्थित वेलफेयर रेस्टुरेन्टको सभाहलमा भब्य रुपमा सम्पन्न भएको छ।

समाजका अध्यक्ष कृष्ण बर्माको सभापतित्व, नेपालबाट आमन्त्रित सिन्धुलीबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य माननीय लेखनाथ दाहाल (राजन) को प्रमुख आतिथ्यता, नेपालबाटै आमन्त्रित शिद्दबाबा टेलिभिजनका अध्यक्ष टीका जङ्ग थापा, आइसीसी सदस्य श्रीकृष्ण भट्टराई, एनसीसी कतारका अध्यक्ष रमेश भट्ट लगायत कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, बैचारिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, बिशिस्ट व्यक्तित्वहरु, सामाजिक अभियान्ता एवंम समाजसेवीहरुको साथै कलाकार, पत्रकारहरु सङ्गै कतारबासी नेपालीहरुको उल्लेखनीय उपस्थितिमा अधिवेशन कार्यक्रम सम्पन्न भएको हो।

बिधिवत रुपमा दिप प्रज्वलन गरि राष्ट्रिय गान बजाएर औपचारिक रुपमा सुरु भएको कार्यक्रम खुल्ला र बन्द सत्र गरि दुई भागमा बिभाजन गरिएको थियो भने खुला सत्र कार्यक्रम अन्तर्गत सस्थाको प्रथम उपाध्यक्ष नीर बहादुर सुनुवारले स्वागत मन्तव्य राख्दै उपस्थित अतिथिहरु सहित सबैलाई एकमुस्ट स्वागत गरेका थिए भने कलाकारहरु प्रिया तामाङ, कल्पना घिसिङ तामाङ र गोइजिन तामाङले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ कतारका प्रमुख सल्लाहकार  पुरुषोतम सुनुवार, रामेछाप सेवा समाज कतारका अध्यक्ष नर बहादुर (NB) घिसिङ, बागमती प्रदेश समन्वय परिषद कतारका अध्यक्ष ललित कुमार तामाङ, पत्रकार महासंघ कतारका उपाध्यक्ष अर्जुन पौडेल, नेपाली जनप्रगतिशिल मंच कतारका अध्यक्ष बुद्धि प्रसाद भण्डारी, चन्द्रकान्त शर्मा, श्रीकृष्ण भट्टराई, राज देबकोटा,बिजय कुमार बस्नेत लगायत थुप्रै व्यक्तित्वहरुले आ- आफ्नो शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा मन्तव्य राख्ने क्रममा एनसीसी कतारका अध्यक्ष रमेश भट्टले कतारमा नेपाली समुदायले प्रत्येक हप्ता ६-७ वटा विभिन्न कार्यक्रमहरुको आयोजना गरेर ठुलो मात्रामा आर्थिक खर्च गरिरहेको हुँदा त्यसलाई मध्यनजर गर्दै थोरै भए पनि खर्च न्यूनीकरण गर्न एनसीसीले कतार च्यारिटी सङ्ग समन्वय गरि महिनामा केहि हलहरु फ्रीमा उपलब्ध गराउदै आइरहेको जानकारी गराउदै त्यस विषयमा अझै थप पहल भइरहेको बताएका थिए । भट्टले थप बोल्दै यो बिषयलाई बैकल्पिक बाटो मार्फत च्यारिटीसङ्ग डिजिटल च्यारिटी बक्स खोल्न अनुरोध गरेको र यो काम सकेसम्म आउने रमादान भन्दा अगाडि नै टुङ्गो लगाउने बताएका थिए, यदि यो सम्भब भएमा त्यही डिजिटल बक्सबाट नेपाली समुदायको निम्ति एउटा नेपाली कलाकेन्द्रको स्थापना गरि अहिले भइरहेको फजुल खर्चलाई सम्बोधन र न्यूनीकरण गर्न सहयोग पुग्ने र यो काम गर्न आफुहरु सफल हुनेमा बिस्वस्त रहेको बताए।

भट्टले कतारमा समस्यामा परेका हरेक नेपालीहरुको निमित्त पनि एनसीसीले विभिन्न निकायहरुसङ्ग समन्वय गरि समस्या समाधान गर्ने कामहरु निरन्तर गैरहेको बताए बिशेष गरि कम्पनी तथा घरको काममा आएका श्रमिकहरुले समयमै तलब नदिने जबर्जस्ती काममा लगाउने जस्ता समस्याहरु झेल्दै आएको र त्यस्ता बिषयमा आएका समस्या समाधानको लागि एनसीसी कतार अवरात्र लागीरहेको बताए ।

संस्थाकी कार्यबाहक महासचिव सबिता गोले तामाङ र नेपालबाट आमन्त्रित अतिथि शिद्दबाबा टेलिभिजनका अध्यक्ष टीका जङ्ग थापाले संयुक्त रुपमा सहजीकरण गरेका कार्यक्रममा उपस्थित सबैलाई सम्बोधन गर्दै प्रमुख अतिथि दाहालले कतार आउँदा आफुलाई खुशी नलागेर चिन्ता लागेको बताए । यसै प्रसङ्गलाई जोड्दै उनले कतार जस्तो केही नभएको देखको बिकास क्रमलाई देख्दा आफ्नो देश सबै चिज हुँदा पनि बिकासको कामले गति लिन नसकेकोमा चिन्ता लागेको बताएका थिए ।

दाहालले नेपालमा पर्याप्त आधारहरु भएर पनि ब्यवस्थापन राम्रो नभएकाले देश पछाडि परेको हो भन्दै अब त्यस किसिमको ब्यवस्था परिवर्तन गर्दै बिकासको गतिलाई तिब्र बनाउन सरकार लागि रहेको र केही कामहरुको राम्रो रिजल्ट पनि आइसकेको बताए । नेपाल सरकार अहिले बिशेषत: उर्जा, वन, कृषि र पर्यटनलाई केन्द्र बनाई आफै आत्मानिर्भर बन्ने तर्फ काम गरिरहेको उनको भनाई थियो । करिब ४५ मिनेट बोलेका उनले कतारमा रहेका श्रमिकहरुको हक हितको बिषयमा उठेका विभिन्न प्रश्नहरुको जवाफ दिदै यो बिषयमा कतारसङ्ग निकट भएर लिखित सम्झौता गर्ने गरि छलफल भइरहेको पनि जानकारी गराएका थिए।

दाहालको भनाइ अनुसार कतारका राजा इतिहासकै पहिलो पटक छिट्टै नेपाल भ्रमण गर्ने कुरा रहेको बताउदै त्यस बेला कतार सरकार शिक्षा, स्वास्थ्य लगायतका कामहरू गर्नको लागि प्रस्ताव राख्ने गरि तयारी भएको बताए। उनेले नेपालको खस्किदो राजनीतिक घटना क्रममा भ्रस्टाचार न्यूनीकरण, नेपालमै रोजगार सिर्जना, जिडिपी, आयल निगम, बायुसेवा, बालुवाटार जग्गा प्रकरण लगायतको मुद्दामा सरकारले सुधारात्मक नतिजा दिएको र त्यसलाई अझै मजबुत र देशको आर्थिक उन्नतिमा वृद्धि गर्दै लान सरकार कटिबद्ध भएर लागेको र कतारमा रहेका नेपालीहरुले उठाएका बिषयहरु नेपाल सरकार समक्ष राख्ने प्रतिबद्धता जाहेर गर्दै सिन्धुली सेवा समाजको ११औं अधिवेशनमा सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्दै बन्ने नयाँ कार्यसमितिलाई सफल कार्यकालको अग्रिम शुभकामना दिएर आफ्नो मन्तव्यलाई बिट मारेका थिए।

खुल्ला सत्र कार्यक्रम अबधिभर कलाकारहरु हालै सम्पन्न एनआरएन आइडलका विजेता रुस्तम तामाङ, सुर्य तामाङ, सुरेश बिसी, कमेडियन धन बहादुर भुजेल, मनिका मल्ल, प्रकाश घर्तीमगरले आ- आफ्नो गायन तथा नृत्य साङ्गीतिक प्रस्तुतिले कार्यक्रमलाई मनोरञ्जनात्मक बनाइदिएका थिए भने प्रमुख अतिथि दाहाल, अर्का बिशेष अतिथि टीका जङ्ग थापालाई माया चिनो दिएर र बागमती प्रदेश मातहतका सबै जिल्ला संस्थाहरु तथा कार्यक्रममा सहभागी सबै कलाकारहरुलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

खुल्ला सत्र कार्यक्रमको अन्तमा समाजका अध्यक्ष तथा कार्यक्रमका सभापति बर्माले कार्यक्रम सफल पार्न प्रत्यक्ष अप्रत्यक्ष रुपमा साथ सहयोग गर्ने र आफ्नो निमन्त्रणालाई स्वीकार गरि कार्यक्रम स्थल सम्म आएर सहयोग गरिदिने सम्पूर्णलाई धन्यवाद दिदै र नयाँ बन्ने कार्यसमिति टिमलाई सफल कार्यकालको शुभकामना दिएर खुल्ला सत्र कार्यक्रम समापन भइ बन्द सत्र कार्यक्रम सुरु भएको घोषणा गरेका थिए।

खुल्ला सत्र सकिए लगतै सुरु भएको बन्द सत्र कार्यक्रममा बरिस्ठ सल्लाहकार पुरुषोत्तम सुनुवार, प्रमुख सल्लाहकार धन बहादुर भुजेल र सल्लाहकार अभिरल बिसीको तीन सदस्यीय निर्वाचन समितिको रोबरमा कृष्ण बर्माको नेतृत्वमा १८ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएका छन । जस अन्तर्गत :- अध्यक्षमा- कृष्ण वर्मा, प्रथम उपाध्यक्षमा- नीर बहादुर सुनुवार, द्वितीय उपाध्यक्षमा- दिर्घ माझी, महासचिवमा- सबिता गोले, सचिवमा – बिनोद राना मगर, सह-सचिवमा- गंगा बहादुर सुनुवार, कोषाध्यक्षमा- दो ठकुरी, सह कोषाध्यक्षमा- दिल बहादुर बिकको साथै सदस्यहरूमा उदय मल्ल, दिपक आले, राज आले, गोइजिन माया तामाङ, रोज भुजेल, नारायण बस्याल, धुर्ब रम्तेल, सुनिता माया तामाङ, दिया तामाङ रहेका छन । भने नयाँ बनेको कार्यसमिति सदस्यहरुलाई प्रमुख अतिथि माननीय लेखनाथ दाहाल (राजन) सपथ ग्रहण गराएका थिए।

 

 

 

 

 

 

सम्बन्धित समाचार