मोना कतारको २१औं वार्षिकोत्सब तथा (मोना कतार बहुउद्देश्यीय अक्षयकोषको कोष वृद्धि) विशेष साँस्कृतिक कार्यक्रममा गायक प्रकाश दुतराज…

वायु प्रधुशन
nepalijanatakhaba

 

दोहा कतार – म्याग्दी प्रवासी नेपाली संघ, राष्ट्रिय कार्यकारी समिति (मोना) कतारले आफ्नो २१औं वार्षिकोत्सबको अवसर पारेर आयोजना गरेको (मोना कतार बहुउद्देश्यीय अक्षयकोषको कोष श्रीवृद्धि) विशेष शुक्रबार अर्थात -०८ मार्चमा हुन लागेको साँस्कृतिक कार्यक्रममा नेपालबाट चर्चित गायक तथा सर्जक प्रकाश दुतराज आउने भएको छन।

अल लक्ता स्थित ट्युनिसियन स्कुलको बिशाल सभा हलमा हुन लागेको उक्त साँस्कृतिक कार्यक्रममा आफ्नो सांङ्गीतिक प्रस्तुतिको लागी प्रकाश बिहिवार राती कतार आउन लागेका हुन, भने कार्यक्रमको लागि आवश्यक सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले नेपाली जनता खबरलाई जानकारी गराएको छ।

“प्रवासी म्याग्देली दृष्टि, समृद्ध म्याग्देली सृष्टि” भन्ने मुल नारा बोकेर सन- २००३ मा स्थापना भएको संघको यो वर्षको वार्षिक उत्सव कार्यक्रमको मुख्य आकर्षणको रुपमा म्याग्दी जिल्लाकै सर्वाधिक चर्चित गायक प्रकाश सङै म्याग्दीकै प्रचलित मौलिक थाली नाचमा यामुना पटेलको बिशेष प्रस्तुति रहने छ भने साथमा कतारमा स्थापित कलाकारहरुको विभिन्न साँङ्गीतिक प्रस्तुतिहरु, लाइभ पन्चेबाजा र युवा साहित्यकार सानु थपलियाका केही चोटिला साहित्यिक सिर्जनाहरु हेर्न अनि सुन्न पाइने भएकोले सम्पूर्ण कतार बासी नेपालीहरुलाई उपस्थितिको लागि आयोजक समितिले अनुरोध पनि गरेका छन ।

दिउँसो ठिक १२:०० बजेबाट सुरु कार्यक्रमको मुल आयोजक मोना कतार र सह-आयोजको मोना कतार बहुउद्देश्यीय अक्षयकोषको कोष, मोना कतार साँस्कृतिक बिभाग र मोना कतार खेलकुद बिभाग रहेका छन भने अन्य करिब २ दर्जन संघ संस्थाहरु सहयोगीका रुपमा सहभागी हुने छ्न ।

 

 

 

 

nepalijanatakhabar

समबन्धित समाचार