मोना कतारको २१औं वार्षिकोत्सबको अवसरमा आयोजित साँस्कृतिक कार्यक्रम सम्पन्न गायक दुतराजले झुमाए दर्शक…..

वायु प्रधुशन
nepalijanatakhaba

दोहा कतार – म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले आफ्नो २१ औं वार्षिकोत्सब तथा “मोना कतार बहुउद्देश्यीय अक्षयकोषको कोष” वृद्धि विशेष “पाँचौ विबिध साँस्कृतिक कार्यक्रम २०२४” कार्यक्रम शुक्रबार भब्य रुपमा सम्पन्न गरेको छ ।

म्याग्दी प्रवासी नेपाली संघका अध्यक्ष राजु पौडेलको सभापतित्व, मोनाका केन्द्रीय अध्यक्ष दधीवल खड्काको प्रमुख आतिथ्यतामा कतारमा स्थापित विभिन्न संघ संस्थाहरु मध्यबाट केहि सिमित सहयोगी संघ संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिहरु कलाकारहरु, पत्रकारहरुको साथै उल्लेखनीय दर्शकहरुको उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको हो।

अल लक्ता स्थित टयुनिसियल स्कुलको बिशाल सभाहलमा भएको उक्त कार्यक्रममा नेपालमा पछिल्लो समय लोप हुँदै गएको पञ्चेबाजा बजाएर उद्घाटन गर्दै दीप प्रज्वलन सङ्गै २१औं वार्षिकोत्सबको केक काटेर अघि बढेको कार्यक्रममा राष्ट्रिय गान गाए लगतै कार्यक्रम संयोजक बाबुराम भण्डारीले स्वागत मन्तव्य र म्याग्देली चेली यमुना पटेलले म्याग्दी जिल्लामा प्रचलित मौलिक थाली नाचद्वारा उपस्थित सम्पुर्णलाई स्वागत गरेकी थिईन ।

कतारमा हुँदै आएका अन्य साँस्कृतिक कार्यक्रमहरुमा धेरै व्यक्तिलाई बोल्न दिने र अन्तमा साँङ्गीतिक प्रस्तुतिहरुको लागी समय अभाव भएर कतिपय कलाकारले आफ्नो प्रस्तुति नै दिन नपाई फर्किनु पर्ने समस्या हुने कुरालाई मध्यनजर गर्दै थोरै ब्यक्तिहरुलाई मात्र शुभकामना मन्तव्य राख्न दिएको थियो भने शुभकामना मन्तव्य राखेका वक्ताहरुले कार्यक्रम निकै फरक र पृथक भएको बताउदै कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रम अवधिभर कतारमा रहेका कलाकारहरु म्होन्दोमाया गायिका माया थोकर, गायक रोशन अर्याल, अनु वि.क, रिमा भुजेल, यजु सेवा, शिला गुरुङ र सोनी मगरले गायन तथा नृत्य प्रस्तुतिहरु प्रस्तुत गरेका थिए। त्यसैगरी कतारमा चिरपरिचित युवा साहित्यकार सानु थपलियाले उत्कृष्ट गजल र मुक्तकहरु सुनाएको थिए भने साँङ्गीतिक प्रस्तुति दिएका सबै कलाकारहरुलाई संघले पारिश्रमिक सहित प्रशंसा पत्रले सम्मान गरिएको थियो ।

संघले कार्यक्रमको अन्ततिर प्रमुख अतिथी खड्का, मोना कतारका सञ्चार संयोजक हरीकृष्ण शर्मा गौतम लगायत विशिष्ट ब्यक्तित्वहरुलाई दोसल्ला ओढाएर मायाको चिनो दिएर सम्मान गर्नुको साथै कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सहयोगी संस्थाको रुपमा रहेका झन्डै दुई दर्जन सहयोगी संस्थाहरु र जनताखबर डटकमका पत्रकार प्रकाश दर्नाललाई प्रशंसाद्वारा सम्मान र सौर्यपत्र अन्लाईन कतारका सवांददाता तथा कार्यक्रमको अफिसियल फोटो ग्राफर दर्शन सुनारलाई नगदसहित प्रंशसा पत्रले सम्मान गरिएको थियो।
कोषका सचिब तिलु शर्मा पौडेलले सहजीकरण गरेका कार्यक्रमको मुख्य आकर्षणको रुपमा रहेका नेपालबाट आमन्त्रित सर्जक तथा लोकदोहोरी गायक प्रकाश दुतराज कार्यक्रमको अत्यन्त तिर चोली मैलो भो भन्ने गित गाउदै स्टेज चढेका थिए उनले जाम भो माईली, जुनमाया, बैनी झ्यालैमा, मन भुल्छ, रिमै लगायत एक दर्जन गित गाए । दुतराजले आफ्नो सागिंतिक प्रस्तुति मार्फत उपस्थित दर्शकहरुलाई मज्जाले झुमाएर नचाए भने उनका फ्यानहरुको वान्स मोरको हुटिङले हलमा हङ्गामा मच्चिएको थियो ।

कार्यक्रममा बोल्ने क्रममा प्रमुख अतिथी खडकाले छोटो मन्तव्य राख्दै मोना कतारले कतार तथा गृह जिल्लामा निकै राम्रा काम गर्दै आईरहेको बताउदै सम्पुर्ण म्याग्देलीहरुलाई जिल्लाको बिकासमा जुटन आग्रह गर्दै आफुले पनि मोना कतार बहुउद्देश्यीय अक्षयकोषको कोषवृद्धिको लागी रु ५० हजार दिने प्रतिबद्धता गर्दै यस्तो महत्त्वपूर्ण कार्यक्रममा आफू सहभागी हुने अवसर प्रदान गरेकोमा आयोजक टिमलाई धन्यवाद व्यक्त गरेका थिए ।

अन्तमा कार्यक्रम सभापति पौडेलले कार्यक्रमलाई भब्य बनाउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने र हलमा उपस्थित सम्पुर्णलाई धन्यवाद दिएर कार्यक्रम समापन गरेका थिए भने नेपालबाट आमन्त्रित कलाकार प्रकाश दुतराजलाई मोना कतार, बिश्वकर्मा समाज कतार, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान शाखा कतार, दलित एकता सन्जाल कतारले कार्यक्रमको स्टेजमै दोसल्ला ओढाएर मायाको चिनो सहित सम्मान गरेका थिए ।

 

nepalijanatakhabar

समबन्धित समाचार