नेपाल आदिवासी जनजाती महासंघ कतारको महिला बिभागले मनायो ११४औं अन्तरास्ट्रिय नारी दिवस……

दोहा कतार – नेपाल आदिवासी जनजाती महासंघ कतारको महिला बिभागले ११४औं अन्तरास्ट्रिय नारी दिवस महिला सशक्तिकरण सम्बन्धि सचेतना कार्यक्रमको आयोजना गरि शनिबार मनाए।

नेपाल आदिवासी जनजाती महासंघ कतारकी महिला बिभाग संयोजक लिला राईको सभापतित्व तथा महासंघकै अध्यक्ष डिएन मगरको प्रमुख आतिथ्यता र एनसीसी कतारकी महिला संयोजक सुस्मा खतिवडा कटुवाल, महासंघका पुर्व अध्यक्ष तथा सल्लाहकार सियाराम चौधरी महासंघका सस्थापक तथा सल्लाहकार जनक लाफा मगर, तमु गुरुङ समाज कतारकी अध्यक्ष टौमाया गुरुङ, नेपाल मगर संघ शाखा कतारका अध्यक्ष रेशम आले मगर, किरात राई यायोख्खा कतारका अध्यक्ष जीवन राई, सुनुवार सेवा समाज कतारका का.बा अध्यक्ष कमल सुनुवार, नेपाली धानुक समाज कतारका महासचिव तेजिलाल मन्डल, शेर्पा किदुङ दोहा कतारका उपाध्यक्ष रबिन शेर्पा, किरात याक्थुङ चुम्लुङ कतारका उपाध्यक्ष राम लिम्बु, महासंघका सल्लाहकार नियन भुजेल, महासंघका सल्लाहकार सामुयल सुनुवार, लगायत नेपाल आदिवासी जनजाति महासंघ कतारमा आबद्ध सम्पुर्णमा मातृ सस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

सनैयाको प्लाजामल स्थित लालिगुराँस रेस्टुरेन्टको सभाहलमा बिधिवत रुपमा दीप प्रज्ज्वलन सङ्गै राष्ट्रिय गान बजाएर सुरु भएको कार्यक्रममामा महासंघकी बिभागीय सचिब ल्हेमी शेर्पाले उपस्थित सम्पुर्णलाई सम्बोधन गर्दै स्वागत मन्तव्य राखेकी थिइन ।

“महिला हितमा लगानी गर्नुहोस, प्रगतिलाई गति दिनुहोस” भन्ने मुल नारालाई आत्मासाथ गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा महासंघकी महिला बिभाग संयोजक तथा कार्यक्रमकी सभापति लिला राइले महिला सशक्तीकरण सम्बन्धि विभिन्न राष्ट्रिय तथा अन्तरास्ट्रिय बिषयलाई बुँदागत रुपमा डिजिटल डकुमेन्ट्री मार्फत प्रस्तुत गरेकी थिइन ।

उनले अन्तर्राष्ट्रिय स्तरमा नारी दिवस सन: १९११ मा अष्ट्रीया, डेनमार्क, जर्मनी र स्वीजरल्याण्डमा मनाएको भए पनि सन १९०८ फेब्रुअरी – २३ मा महिला श्रमिकहरुले पहिलो आन्दोलन गरेको र उक्त दिन ग्रेगेरियन क्यालेन्डर अनुसार मार्च – ८ परेकोले सोही दिनलाई अन्तर्राष्ट्रिय नारी दिवसको रुपमा मनाउन थालिएको जानकारी गराएकी थिइन। राइले नेपालको सन्दर्भमा भने प्रजातन्त्र आएको -८ वर्षपछि बि:सं. २०१५ फागुन (१९५९) मार्च- ८ मा पहिलो पटक अन्तर्राष्ट्रिय नारी दिवस मनाएको र त्यस यता निरन्तर रुपमा मनाउदै आएको बताइन।

राइले महिला हिंसा, शिक्षा, स्वास्थ्य, लैङ्गकि विभेद, सरकारी निकायमा महिला सहभागिताको कमि, महिला बेचबिखन र दबाब लगायत समस्या र त्यस्को समाधानको लागि के गर्न सकिन्छ भन्ने बिषयमा उपस्थित सबैसँग सुझाव सहितको प्रतिक्रियाको अपेक्षा राख्दै प्रश्न र जवाफ सहितको महत्त्वपूर्ण कार्य प्रतिवेदन प्रस्तुत गरेकी थिइन।

मन्तव्यको क्रममा महासंघका साहित्य बिभागका संयोजक विमल राई, नेवा पुच कतारकी साँस्कृतिक संयोजक सृष्टि श्रेष्ठ (सिम्रन) नेपाल मगर संघ कतारकी महिला बिभाग सचिब रबिना मगर, तमु समाज कतारकी सदस्य सम्झाना गुरुङ, तमु गुरुङ समाज कतारकी अध्यक्ष टौमाया गुरुङ, महिला बिभागकी कोषाध्यक्ष तिलमाया गुरुङ, महासंघका सल्लाहकार राजेन्द्र लिम्बु, सल्लाहकार सामुयल सुनुवार, महासंघका बचतकोषका प्रबन्धक निर्देशक शङ्खमान तामाङ, सस्थापक तथा सल्लाहकार जनक लाफा मगर,   प्रमुख सल्लाहकार पुरुषोत्तम सुनुवार लगायतले आ- आफ्नो मन्तव्य राखेका थिए।

कार्यक्रममा प्रमुख अतिथि मगरले ११४औं अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना दिदै समय अभावको बाबजुद पनि यो कार्यक्रम गर्दै गर्दा जुन प्रकारको कार्य प्रतिबेदन प्रस्तुत भयो त्यस बाट धेरै कुराहरु सिक्न सकिने बताए । उनले महिला हक अधिकारको को बिषयमा पछिल्लो समय महिला र पुरुषमा त्यस माथी पनि आदिवासी जनजाति भित्र खासै फरक नभएको भए पनि नेपाली महिलाहरुमा आत्माबल, शिक्षा र कमजोर मानसिकताको कारण कहि कतै विभेद भएको जस्तो लागेको बताएका थिए। आफैमा आत्माविस्वासी भएर अघि बढ्न सके कसैले हेप्न नसक्ने पनि उनको भनाई थियो ।

संघकी संघिय बिभाग सचिब तथा सास्कृतिक संयोजक जमुना श्रेष्ठले सहजीकरण गरेकी कार्यक्रमको अन्तमा सभापति राइले उपस्थितको लागि सम्पुर्णलाई धन्यवाद दिदै आगामी कार्यक्रमहरुमा पनि यस्तै साथ सहयोगको सधैं अपेक्षा राख्ने बताउदै कार्यक्रम समापन गरेकी थिइन।

सम्बन्धित समाचार