बाबा इन्टरटेन्मेन्टको प्रस्तुतिमा सार्वजनिक भएको “बैमानी लाहुरेले लादैन” नामको रत्यौली गीतले चौतर्फी चर्चा बटुल्दै…..

दोहा कतार – नेपाली गीत सङ्गीतको बजारमा हरेक दिन नयाँ नयाँ सिर्जनाहरु फरक-फरक शैलीमा सार्वजनिक भइ रहेका हुन्छन कति सिर्जनाहरुले केही समय एक छत्र राज गर्छन त केही सिर्जनाहरु राम्रो हुँदा हुँदै पनि दर्शकहरुको नजरबाट ओझेल परेका हुन्छ्न भने केही सिर्जनाहरु बिस्तारै चर्चामा आउछन ।

हो अहिले केहि दिन अघि मात्र बाबा इन्टरटेन्मेन्टको प्रस्तुतिमा बिश्व साँङ्गीतिक आकाशमा सार्वजनिक भएको “बैमानी लाहुरेले लादैन” नामको गीतले चौतर्फी चर्चा बटुली रहेको छ। प्रवेश पौडेलको शब्द /संङ्गीत कलेक्सन र यम थापा मगरको संङ्गीत समायोजनमा चर्चित गायक गायिकाहरु श्याम क्षेत्री, प्रवेश पौडेल, समिक्षा अधिकारी र टीका सानुको सुमधुर आवाजमा सजिएको गीत बाबा इन्टरटेन्मेन्ट टिभी नामक युटुब च्यानलमा ५ दिन अघि सार्वजनिक भएको हो।

झट्ट सुन्दा गाउँले परिवेशमा गरिने बिबाहमा गाइने रत्यौली गीत जस्तो नलागे पनि भिडियो हेर्दा साच्चिकै रत्यौली जस्तै लाग्ने गीतमा चर्चित मोडल दुर्गेश थापा, गरिमा शर्मा, रबि कार्की लगायतका कलाकारले अभियान गरेका छन भने भिडियो निर्देशक तथा कोरियोग्राफर प्रबिन थापा हुन । उनलाई नवराज भट्टराईले सघाएका छन।

वन.डि.बि रेकर्डिङ स्टुडियोमा आकाश नेपालीले रेकर्ड र HBN किस्मतले अडियो मिक्सिङ गरेका गीतको उत्कृष्ट भिडियो छायांकन नबराज उप्रेतीले गरेका हुन भने एडिट तथा कलर समायोजन प्रबिन भट्टले गरेका हुन ।

बाबा इन्टरटेन्मेन्ट युटुब च्यानलबाट गत बिहीबार साझ सार्वजनिक भएको गीतमा लाहुरे केटा र गाउँले केटीलाई पात्र बनाएर रमाइलो माया पिरतिको कुरा मार्फत एक अर्को प्रतिको चाहनालाई विभिन्न कारणले पुरा गर्न नसकेको गुनासो गरिएको छ।

भिडियो हेर्न तल दिइएको लिङ्कमा क्लिक गर्नुहोस् ।

👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️

 

 

 

सम्बन्धित समाचार