बझाङ्ग ३२ वर्षिय दिपक धामि बुधबार बिहान स्वदेश फर्किए

मलेसिया। बझाङ्ग जिल्ला केदारस्युँ गाउँपालिका वडा न ७ घर भएका ३२ वर्षिय दिपक धामि बुधबार बिहान स्वदेश फर्किएका छन्।

मानसिक सन्तुलन गुमाएका धामी मलेसियाको एउटा चाईनिजको सामान्य मार्केटमा हेल्परको रुपमा काम गर्दै आएका थिएँ। उनलाई सुदुरपश्चिमेली नेपाली समाज मलेसियाको पहल र राजदूतावासको सहकार्यमा हिमालय एर्लाईन्स माफर्त आज विहाना ५:४५ बजे नेपाल फर्किएका छन्।

नेपाल वायुसेवा निगम मलेसियाका कर्मचारीले तिन/ तिन पटक आवश्यक बिरामीको सम्पुर्ण प्रक्रिया पुरा हुदा पनि अन्यकौ बाहाना गर्दै पठाउन नसकेको धामिलाई हिमालय एर्लाईन्सले नेपाल पठाइएको हो।

सुदूरपश्चिमेली नेपाली समाज मलेसियाका अध्यक्ष दिनेश खड्का’खप्तडिको अनुसार धामिलाई मलेसियामा उपचार गराउन आर्थिकको कारण यहाँ सम्भव थिएन उनका परिवारले बिरामीलाई नेपालमा पठाइदिन आग्रह गरे उन लाई नेपाल पठाउन ठुलो संघर्ष गर्नु पर्यो। नेपाली राजदूतावास मलेसियाका प्रथप सचिव प्रेम बहादुर बुढथापा र टेक बहादुर बुढा आफैंले नेपाली राजदूतावासको गाडिमा बिरामीलाई बिमानस्थलमा ल्याउन र पुर्याउन ३ पटक त फर्किनु पर्यो। यति सम्म कि बोर्डिङ पास भैसकेको बिरामीलाई नेपाल एर्लाईन्सका चालक (क्याप्टेन)ले स्वदेश लिन मानेन।

यसैगरी आज बुधवार नेपाली राजदूतावास मलेसियाका प्रथप सचिव बलिराम प्रसाद धामि र टेक बहादुर बुढा आफैंले दुताबासको गाडिमा बिरामिलाई लिएर बिमानस्थल पुगेका थिए।

मलेसिया आएको १८ महिना भयो जेनतेन घरपरिवार चलाउन गुजारा गरेकै थिए । धामि सुरुवातको समयमा सामान्य थिए मेडिकलको औषधिले खाईरहेका थिए तर उनि एकाएक आफ्नो मानसिक सन्तुलन गुमाए। दुई चार दिनको आराम र अस्पतालको औषधिले उहाँलाई केही सन्चो हुँदैन थियो त्यसैले जसरी पनि नेपाल फर्काउनु पर्ने थियो फर्काउन सफल भयौ अध्यक्ष खप्तडिले बताए।‌

धामिलाई नेपाल फर्काउनमा सहकार्य गर्ने नेपाली राजदूतावास मलेसिया र दुतावासका कर्मचारी, बिरामीका परिवार ,आफन्तहरू, सुदूरपश्चिमेली नेपाली समाज साउदीका उपाध्यक्ष चक्र मल्ल, हिमालय एर्लाईन्स मलेसियाका कर्मचारी र चालक (क्याप्टेन) साथै बिभिन्न अनलाईन मिडिया लाई सुदूरपश्चिमेली नेपाली समाज मलेसियाले धन्यवाद ज्ञापन गरेको छ।

सम्बन्धित समाचार