गैरआवासीय नेपाली सोसल क्लब ओमानले नेपाली नयाँ बर्ष उत्सव कार्यक्रम आयोजना गर्दै ।

गैरआवासीय नेपाली सोसल क्लब ओमानले नेपाली नयाँ बर्ष उत्सव कार्यक्रम आयोजना गर्दै मस्कट, ओमान, २५ मार्च २०२४

ओमानमा बैधानिक रुपमा दर्ता भएको गैरआवासीय नेपाली सोसल क्लब ओमानले नयाँ बर्ष २०८१ लाई ओमानमा पनि स्वागत गर्ने योजना अनुरुप “नेपाली नयाँ बर्ष २०८१ उत्सव“ सांगितिक कार्यक्रम आयोजना गर्न गईरहेको छ । ओमानवासी नेपालीहरुको नेपाली नयाँ बर्ष बिषेश बनाउने उदेश्य अनुसार कार्यक्रममा नेपालका चर्चित हास्य कलाकार मनोज गजुरेल, गायक प्रकाश सपुत, गायिका दुलाल र नृत्यङ्गना अस्मिता राना मगर लाई अनुवन्धित गरिएको क्लबले एक अपिल प्रकाशित गरि जानकारी दिएको छ ।

१२ अफ्रिल २०२४, शुक्रबारका दिन अयोजान हुन गईरहेको कार्यत्रममा ओमानवासी नेपालीहरुलाई सहभागी भएर कार्यक्रमलाई भव्य र सभ्य रुपमा सफल बनाऊन सहयोग गर्न क्लवले आव्हान गरेको छ । कार्यक्रम अल मत्रिम हल, मबेला, केन्द्रिय फलफुल तथा तरकारी मण्डीको नजिकै हुदैछ । कार्यक्रमको प्रवेश शुल्क रि.ओ ५ रहेको छ र कार्यक्रममा खानाको व्यवस्था पनि रहेको छ ।

कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेका जानकारी दिदै क्लबका महासतिव सुसन श्रेष्ठले कार्यक्रमको उदेश्य नेपाली नयाँ बर्ष मनाउनु का साथै क्लवको राहत तथा उद्धार कोष बृद्धिको लागि पनि रहेको बारे प्रकाश पार्नु भएको छ । श्रेष्ठका अनुसार यस कार्यक्रमको सम्पूर्ण बचत क्लवको राहत तथा उद्धार कोषमा जानेछ ।

कार्यक्रमका बारेमा थप जानकारी दिदै क्लवका अध्यक्ष बिकल झाले ओमानमा रहेका नेपाली संघसंस्थाहरुलाई आलोपालो कार्यक्रमहरु संचालन गर्न दिदै गर्दा लामो समय हामि उद्धार राहत, परोपकारी र चेतनामुलक कार्यक्रममा धेरै व्यस्त थियौ र यो बर्ष हाम्रो आयोजनामा नेपाली नयाँ बर्ष मनाऔं भन्ने उदेश्य स्परुप कार्यक्रम आयोजना गरिएको झा ले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार