खाँडादेवी गाउँपालिका वडा नं ८ भदौरेमा सुमो दुर्घटना एकै परिवारका तीन जना घाइते

रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ८ भदौरेमा सुमो दुर्घटना भएको छ । आज(आईतबार) बिहान अन्दाजी ७ बजेको समयमा खाँडादेवी गाउँपालिका ९ पिङ्गखुरीबाट काठमाडौँ तर्फ जाँदै गरेको ना १ ज ५६२६ नम्बरको सुमो ब्रेक फेल भएर दुर्घटना भएको हो । दुर्घटनामा एकै परिवारका तीन जना घाइते भएका छन् ।

वर्ष २४ का दिपेन्द्र भण्डारी,वर्ष १६ की एलिसा भण्डारी र वर्ष १४ की एमुना भण्डारी घाइते भएका हुन । घाइते दिपेन्द्र भण्डारीलाई थप उपचारका लागी बिएण्डबी अस्पताल ललितपुर पठाइएको छ । उहाँको अवस्था मध्यम रहेको रामेछाप प्रहरीले जानकारी दिएको छ ।

घाईतेहरु एलिसा र एमुनाको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ । चालक वर्ष २२ का विष्णु भण्डारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । दुर्घटना भएको सुमो सडकबाट अन्दाजी ३५ मिटर तल खसेको छ ।

सम्बन्धित समाचार