दोहा कतार –रोजगारीको सिलसिलामा बिश्वको जुनसुकै कुनामा पुगे पनि नेपालीहरुले आफ्नो देशको पहिचान, चाड पर्व,रितिरिवाज, भाषा, कला संस्कृति र परम्परा कहिले भुल्दैनन हो त्यसै गरि प्रवासमा रहेर पनि स्याङ्जा सहयोग समाज कतारले हरेक वर्ष जस्तै यो पाली मनाउन लागेको नयाँ वर्ष बिशेष बृहत साँस्कृतिक कार्यक्रममा आफ्नो दमदार प्रस्तुतिहरु राख्न नेपालबाट स्याङ्जा जिल्लाको राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरु कतार आउने भएका छन ।

नेपालीहरुको नयाँ वर्ष २०२१ तथा आफ्नो १९औं वार्षिकोत्सब सुभ अवसर पारेर आगामी अप्रिल -१९ तारिक शुक्रबार हुन लागेको शुभकामना आदानप्रदान तथा राम्दिधाम बृद्धाश्रम सहयोगार्थ आयोजना गरिएको बृहत साँस्कृतिक कार्यक्रम २०२४ को लागी स्याङ्जाली कलाकारहरु चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारी, पछिल्लो समयमा मोडेलिङ क्षेत्रमा एक छत्र राज गर्न सफल मोडम तथा टप डान्सर अस्मिता रनपाल र चर्चित दोहोरी गायिका कमला गैह्रे कतार आउन लागेका हुन ।
कतारको अल लक्ता स्थित ट्युनिसीयन स्कुलको बिशाल सभाहलमा हुने उक्त कार्यक्रममा नेपालबाट आउने कलाकारहरु सङ्गै लाइभ नौमती बाजा, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, शाखा कतारका कलाकार हरुको उत्कृष्ट लाइभ दोहोरीको साथै दोहामा रहेर कलाकारितामा अब्बल अन्य थुप्रै कलाकार हरुको बेजोड साँङ्गीतिक प्रस्तुति रहने र कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको समाजका अध्यक्ष प्रकाश परियारले नेपाली जनता खबरलाई जानकारी गराएका छन ।

“स्याङ्जा सहयोग समाजको चाहाना, विशुद्ध सामाजिक सेवाको भावना” भन्ने मुल नारा लिएर बि.सं.-२००५ मा स्थापना भएको स्याङ्जा सहयोग समाजले स्थापना कालदेखि नै भइ परि आउने दैबिक प्रकोप, आपत बिपतमा गरिब दुखी तथा बिपन्न परिवारहरुको सहयात्री बन्दै बिभिद प्रकारको सामाजिक कार्यहरुमा सक्रिय भुमिका निभाउदै आएको र निरन्तर रुपमा समाज लागिरहने बताउदै अध्यक्ष परियारले अप्रिल १९ तारिक बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रममा समयमै उपस्थित भएर कार्यक्रम सफल पारिदिन सम्पुर्ण दोहाबासी नेपालीहरुलाई निमन्त्रणा सहित अनुरोध गरेका छ्न।
समाजका विभिन्न गाउँपालिका तथा नगर इकाईहरु सह-आयोजकको रुपमा रहेर आयोजना गरिएको कार्यक्रममा आउन जान सहजताको लागि विभिन्न ठाउँबाट यातायातको सुबिधा समेत रहेको आयोजक समितिले जानकारी गराएको छ।



 
				
					
 
			
 
                             
                             
                             
                            
प्रतिक्रया दिनुहोस्