स्याङ्जा सहयोग समाज कतारले भव्य मनायो आफ्नो १९औं वार्षिकोत्सब…….

 

दोहा कतार – स्याङ्जा सहयोग समाजले आफ्नो १९औं वार्षिकोत्सब तथा राम्दीधाम वृद्धाश्रम सहयोगार्थ बृहत साँस्कृतिक कार्यक्रम शुक्रबार दोहाको अल लक्ता स्थित ट्युनिसियन स्कुलको बिशाल सभाहलमा सव्य भव्य रुपमा सम्पन्न गरेको छ।

संस्थाका अध्यक्ष प्रकाश परियारको सभापतित्व,तथा स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष बिरेन्द्र जङ्ग केसीको प्रमुख आतिथ्यतामा, आईसीसीका सदस्य तेज कटुवाल, एनसीसी कतारका अध्यक्ष रमेश भट्ट, कतारमा स्थापना भएका विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, बैचारिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, बिशिस्ट व्यक्तित्व, समाजसेवी तथा सामाजिक अभियान्ताहरु, नेपालबाट आमन्त्रित बहुचर्चित कलाकारहरु कतारमा रहेर कलाकारितामा आफ्नो पहिचान बनाउन सफल कलाकार, मिडियाकर्मी, पत्रकारहरु र उल्लेखनिय दर्शकहरुको साथमा नौमती बाजा र राष्ट्रिय गान बजाएर दिप प्रज्ज्वलन सहित केक काटेर कार्यक्रमको उद्घाटन गरिएको थिए।

बतरिस्ठ उपाध्यक्ष घनश्याम जैसीको स्वागत मन्तव्यसङ्गै औपचारिक रुपमा सुरु भएको कार्यक्रममा कतारमा अत्यन्तै रुचाइएकी बालकलाकार जिया हमालले जिन्दगानी दर्पण छाया बोलको गीतमा नृत्य प्रस्तुत गरेर उपस्थित सम्पुर्ण अतिथि तथा दर्शकहरुलाई स्वागत गरेकी थिइन।

कार्यक्रममा सम्पुर्ण जिल्ला सस्थाहरुको तर्फबाट खोटाङ सेवा समाजका अध्यक्ष कैलाश श्रेष्ठ, प्रदेशको तर्फबाट गण्डकी प्रदेश समन्वय परिषदका अध्यक्ष सागर पौडेल, एनसीसी कतारका अध्यक्ष रमेश भट्टले शुभकामना मन्तव्य राखे पश्चात् सुरु भएको साँस्कृतिक प्रस्तुतिको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कतारका कलाकार पुकार थापाले आफ्नो गायन प्रस्तुतिबाट सुरु गरेका थिए । त्यस पछि लगातार जीवन खालिङ राई र जिया हलामले नृत्य, एनआरएनए आइडलकी नृत्य बिधामा प्रथम भएकी डान्सर निरु श्रेष्ठले नृत्य, एनआरएन आइडल रुस्तम तामाङले गायन , अमित राई र आ- आफ्नो प्रस्तुति राखेका थिए।

साङ्गीतिक कार्यक्रमको मध्य भागमा नेपालबाट आमन्त्रित कलाकार चर्चित लोक तथा दोहोरी गायिका कमला गैह्रे सबै भन्दा पहिला स्टेज चढेकी थिइन उनले आफू बिदेश नाअएर गाउमै भएको महसुस भएको सुनाउदै कार्यक्रममा सहभागी हुन अवसर जुराइदिने स्याङ्जा सहयोग समाज परिवारलाई धन्यवाद दिदै यो मायाले जाम मात्रै भन्छ, झल्को आउँछ त्यो आँधी खोलाको, माली गाइलाई बाटेको दाम्ला, डाँडाघरे साँइली लगायतका गीत गाएर दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएकी थिइन।

कार्यक्रमको दोस्रो प्रस्तुतिको लागि चर्चित मोडल तथा डान्सर अस्मिता स्टेजमा देखिएकी थिइन थोरै गीतहरूमा नृत्य प्रस्तुति गरेकी अस्मिताले आफुसङ्गै सयौं दर्शकहरुलाई पनि नचाईन भने उनले परदेशमा रहेका आफ्ना आफन्तहरुसङ्ग पनि भेट्न पाएकोमा खुशी व्यक्त गर्दै कार्यक्रममा बोलाएर सहभागी हुने अवसर मिलाइदिएकोमा स्याङ्जा सहयोग समाजलाई धन्यवाद दिएकी थिइन ।

साँस्कृतिक कार्यक्रमको अन्तमा साँझपखा आफ्नो प्रस्तुत राख्न मुसुमुस हाँस्दै स्टेज उक्लिएका बहुचर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीले करीब एक दर्जन भन्दा धेरै गीतहरु गाए उनले दर्शकहरुकै रोजाई अनुसारका गीत गाएर वान्स मोर र वाह वाही पाएका थिए । अधिकारीले मायालुले भिरेको झोला, म त लाहुरे गोर्खा पल्टनको, नभन के गर्ने, लगायतका गीत गाएका थिए भने कार्यक्रममा उपस्थित भएका सम्पुर्णलाई सम्बोधन गर्दै कतारमा यति धेरै नेपालीहरुसङ्ग भेट्न पाएकोमा खुशी व्यक्त गरेका थिए।

कार्यक्रमकै दौरान तमु (गुरुङ) समाज कतारले अध्यक्ष प्रकाश परियारलाई फेटा लगाएर सम्मान गर्दै कोसेली चढाएका थिए भने स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि केसीले आफू स्याङ्जा सहयोग समाज आईसीसी जन्माउने ठाउँमा प्रमुख अतिथिको रुपमा आएर बोल्न र कार्यक्रमको अवलोकन गर्न पाउदा खुशी लागेको बताउदै सस्था स्थापना कालखण्डका सम्पुर्ण व्यक्ति तथा पदाधिकारी हरुलाई सम्झना गरेका थिए।

उनले स्याङ्जा जिल्लाको हकहितको लागी समाजले विभिन्न भुमिकामा रहेर काम गर्दै आएको र आगामी दिनहरुमा पनि यो कार्य निरन्तर रहने बताए केसीले स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय स्तरमा परिचीत भइ सकेकोले जिल्लामा एउटा आफ्नो कार्यालय भवनको आवस्यक रहेको महसुस गर्दै आफ्नो यो कार्यकालमा एउटा आफ्नै कार्यालय भवन निर्माण गर्ने कार्ययोजना भएको र यस विषयमा कतारले पनि पुर्ण रुपमा आफ्नो भुमिका निभाउनेमा विस्वस्त रहेको बताए।

समाजका महासचिव टेक बहादुर नेपाली र सचिब अर्जुन पौडेलले सहजीकरण गरेका कार्यक्रमको अन्तिम समयमा प्रमुख अतिथि, केही बिशिस्ट व्यक्ति, कलाकारहरु लगायतलाई खाँदा ओढाएर मायाको चिनो तथा सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रमको अन्तमा सभापति परियारले कार्यक्रम सफल बनाउनको निमित्त अहोरात्र खट्ने समाजका सम्पुर्ण पदाधिकारीहरुलाई धन्यवाद र आफ्नो निमन्त्रणालाई स्वीकार गरि कार्यक्रम स्थान सम्म आएर कार्यक्रमको सोभा बढाइ दिएकोमा उपस्थित अतिथि, दर्शक, कलाकार, मिडियाकर्मी, पत्रकार सबैलाई धन्यवाद दिदै कार्यक्रमको समापन गरेका थिए।

तस्बिर 📸 दर्शन सुनार

 

 

 

सम्बन्धित समाचार