नेपाली जनप्रगतिशील मञ्च कतारले श्रमिकहरु सङ्गै मनायो १३५औं अन्तरास्ट्रिय श्रमिक दिवस…

दोहा कतार- नेपाली जनप्रगतिशील मञ्च कतारले शुक्रवार श्रमिकहरु सङ्गै मनायो १३५औं अन्तरास्ट्रिय श्रमिक दिवस भव्य रुपमा मनाएको छ।

“संसारका मजदुर एक होउ ” भन्ने मुल नाराका साथ २००७ सालमा स्थापना भई नितान्त श्रमजिबी बर्गको मुद्दालाई प्रमुख एजिण्डा बनाई निरन्तर काम कर्तव्य गरदै आएको नेपाली जनप्रगतिशील मञ्च कतारले ३ मै २०२४ कादिन प्लाजा मल स्थित रेड चिल्ली रेष्टुरेन्टमा भव्यताकासथ १३५औ अन्तरास्ट्रिय श्रमिक दिवस मनाएको छ ।

प्लाजा मल स्थित रेड चिल्ली रेष्टुरेन्टको सभाहलमा मंचका कार्यवाहक अध्यक्ष प्रकाश आले मगरको अध्यक्षता र नेकपा माओवादी केन्द्र प्रवास संगठनका सदस्य तथा पश्चिम एसिया संयोजक शनीकुमार ओलिको प्रमुख अतिथ्यता सङ्गै मंचका कार्यसमिति सदस्यहरुको लगायत केही बिशिस्ट व्यक्तित्वहरु र उल्लेखनीय श्रमिकहरुको उपस्थितिमा नेपाली राष्ट्रिय गान बजाएर नेपाल स्थापित गर्नको निम्ति विभिन्न काल खन्डमा साहदत प्रप्त गरेका महान शहिदहरु प्रती एक मिनेट मौन धारण गरि सहिदहरु प्रती श्रद्धाञ्जली अर्पण गरि प्रमुख अतिथी, सभा अध्यक्ष तथा श्रमिकहरुको तर्फबाट शेरबहादुर रोकाले मैन बत्ति बालेर कार्यक्रमको उद्घाटन गरेका थिए तथा सुरु भएको थियो।

कार्यक्रममा मंचकि उपाध्यक्ष सरिता भण्डारी पौडेलले उपस्थित सबैलाई सम्बोधन स्वागत मन्तव्य राखेकी थिइन सोही क्रममा भण्डारिले कतारको बदलिँदो मौसमले मानवको शारीरिक स्वास्थ्यलाई प्रत्यक्ष असर पार्ने भएकोले आवस्यकता अनुसारको पानी खानुका साथै स्वास्थयमा बिशेष ध्यान दिन पनि आग्रह गरेकी थिईन भने केही स्वास्थ्य सम्बन्धि अत्यावश्यक कुराहरु बताएकी थिइन ।

मञ्चको उपाध्यक्ष बिकास गैर कार्यक्रमको संयोजकत्त्वमा आन्तरिक रुपमा आयोजित कार्यक्रम नितान्त कतारमा श्रम गरिरहेका श्रमिकहरुलाई नै लक्ष्यित गरि मनाईएको कार्यक्रममा प्रावास समितिका सदस्य, पश्चिम एसिया सल्लाहकार, पश्चिम एसिया सदस्य, राष्ट्रिय समिती सल्लाहकार, पदाधिकारी, कार्यसमिति सदय तथा सयौको संख्यामा श्रमिकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा संयोजक गैरेले कार्यक्रमको बारेमा जानकारी गराउदै कतारमा भईरहेको बिद्यामान श्रमिकहरुको समस्याका र समाधानको लागी पहल सङ्गै संबन्धित निकाए सङ्गको पहलकदमिमा संगठनले गरेको समन्वय र सहजीकरणको बिषयमा उपस्थित सबैलाई प्रष्ट पारेका थिए भने नेकपा माके प्रवास समन्वय समितिका सदस्य तथा नेपाली जनप्रगतिशील मञ्च पश्चिम सल्लाहकार श्रीकृष्ण भट्टराईले चाहे नेपालमा होस या बिदेशमा होस गरिव, निमुखा, दलित, महिला, जनजाती, मुस्लिम, श्रमजीवी वर्ग तथा सम्पुर्ण सिमान्तकृत वर्गको हकहितको निम्ति लड्ने भनेको नै नेकपा माओवादी केन्द्र रहेको र अरुकुनै पनि संगठन नरहेको दाबी गरे ।

मंचका महासचिव योगेन्द्र प्रसाद लो तामाङले सहजीकरण गरेका कार्यक्रममा बोल्ने क्रममै प्रमुख अतिथी तथा पश्चिम एसिया संयोजक ओलीले १७औं शताब्दीमा भएको संघर्षको कारण मजदुरहरुले यो अधिकार प्राप्त गरेको बताएका थिए । सन् १८८९ मा फ्रान्सको राजधानी पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताहरुको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको जानकारी गराउदै त्यसपछि सन् १८९० देखि हरेक वर्ष मे १ मा संसारभर श्रमिक दिवस मनाउने गरेको उनले बताए ।

१८८६ मे १ मा अमेरिकाको सिकागोमा ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग गर्दै मजदुरहरुले गरेको आन्दोलन सफल भएको स्मरणमा विश्वभर श्रमिक दिवस मनाउने गरेको र अहिले यो दिवसलाई केही श्रमिक संगठनहरुले बिदेशी डलर पचाउनको लागि श्रमिकहरुका लागि देखा वटी कार्यक्रमहरुको आयोजना गरि भ्रम फैलाएको पनि आरोप लगाएका छन भने नेपाली जनप्रगतिशील मञ्च कतार नितान्त श्रमिकहरुको संगठन रहेको बताउदै सम्पुर्ण श्रमिकहरुलाई जोडिनको लागि पनि अनुरोगर्दै १३५औं श्रमिक दिवसको शुभकामना दिएका थिए ।

अन्तमा कार्यक्रमका अध्यक्ष आले मगरले छोटो समय त्यसमाथि आन्तरिक रूपमा कार्यक्रम आयोजना गर्दा पनि उत्साहजनक सहभागिताको लागि सम्पुर्ण लाई धन्यवाद दिदै कार्यक्रमको समापन गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला।

👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️

सम्बन्धित समाचार