कतारमा किराँतीहरुले भव्य मनाए “शालिवा श्यादर पिदार, साकेला उभौली-५०८४”…..

दोहा कतार – कतारमा स्थापित दुई किराँती संस्थाहरू सुनुवार सेवा समाज शाखा कतार र किराँत राई यायोक्खा शाखा कतार आबद्ध किराँत मूल समारोह समितीको आयोजनामा किराँतिहरुको महान राष्ट्रिय चाड “शालिवा श्यादर पिदार, साकेला उभौली-५०८४” शुक्रबार भव्य रुपमा सम्पन्न गरेको छन।

सुनुवार सेवा समाज शाखा कतारका अध्यक्ष शुभराज सुनुवारको सभापतित्वमा र नेपाल आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष डि.एन मगरको प्रमुख आतिथ्यमा कतारमा स्थापित विभिन्न संघ- सस्था तथा बैचारिक सस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुको बिशेष आतिथ्यताको साथै उल्लेखनीय किराँत तथा गैर किराँत दर्शकहरुको उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको हो।

दिप प्रज्वलन सङ्गै व्यानर अनावरण गरि कार्यक्रमको उद्घाटन गरिएको लगतै किराँती नेपाली राष्ट्रिय गान र यो भुमी चुम्ने बोलको किराँती स्वागत गीत बजाए सङ्गै सुरु भएको कार्यक्रममा किराँत मुल समारोह आयोजक समितिका कतारका उप- संयोजक तथा किराया शाखा कतारका अध्यक्ष जिवन राईले स्वागत मन्तव्य राख्दै कार्यक्रमको औचित्यको बिषयमा जानकारी थिए भने दुइवटै संस्थाले सयुक्त रुपमा सुनुवार सेवा समाजबाट पुजारी अर्थात (नासो) गम्भिर सुनुवार र सहयोगी कलाकारले भुमी पुजा श्यादर पिदार पुजा र किराँत राई यायोख्खाबाट (नक्छुङ) धर्म राज राई र सहयोगी कलाकारहरुले भुमी पुजा साकेला उभौली पुजा बिधिवत रुपमा गरेका थिए।

त्यसपछि सुनुवार सेवा समाजका कलाकारहरुले मौलीक झाँकी र किरायाका कलाकारहरुले शालिवा श्यादर पिदर नाच प्रस्तुत गरेका थिए भने कार्यक्रममा गैरआवासीय नेपाली संघ राष्ट्र समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्ट लगायत विभिन्न जिल्ला संस्था, बैचारिक संस्था, जातीय तथा मातृ संस्था, समाजसेवी, पत्रकारहरु सबैलाई प्रतिनिधित्व गर्दै सिमित वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए जसमा सबैले कार्यक्रमको खुलेर प्रशंसा गरेका थिए।

मन्तव्यकै क्रममा कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मगरले ५ हजार ८४ वर्ष पुरानो इतिहास बोकेको किराँत सभ्यता अफ्नो जीवन व्यतीत गर्दै आएका किराँतीहरुको महान चाडमा सहभागी हुन पाउदा खुशी व्यक्त गरे, उनले थप बोल्दै नेपाल जन्मिनु भन्दा पहिला जन्मेको सभ्यताको मान्छे भएकोमा गर्व लागेको र किरात सभ्यतालाई नेपालको सबै सभ्यताहरुको गुरु मान्नु पर्ने बताए मगरले किराँत सभ्यता सुन्दा कुनै एउटा शब्द जस्तो लाग्ने भए पनि यसलाई गहिरो अध्यन तथा अनुसन्धान गर्ने हो भने यो सभ्यता बिश्व बिद्यालय भएको बताए ।

किरात मुल समारोह आयोजक समितिका सदस्य सचिब लक्ष्मी प्रसाद राईले सहजीकरण गरेका कार्यक्रमको दौरान ससांस्कृतिक प्रस्तुति अन्तर्गत सुनुवार सेवा समाज शाखा, कतारले मौलिक झाकी श्यादर सिल, किरात राई यायोक्खा शाखा कतारले साकेला सिली प्रस्तुत गरेका थिए भने कलाकारहरु झरना राई, सबिना राई, सीता राई, निरु श्रेष्ठ, विक्रम राई , जीवन राई अकमल सुनुवार, सुनिल तामाङ, ज्योति सुनवार, सुनिता शेर्पा, मिलन राइ, गुना मगर (निशु) एकराज राई, जुनु कुमाल, धर्मराज राई, बिमल राई, सन्जु राई, सृष्टि श्रेष्ठ, कमल सुनुवार लगायतको सामुहिक नृत्य तथा गायन प्रस्तुतहरुले उपस्थित सम्पुर्णलाई भरपुर मनोरञ्जन दिलाएका थिए भने एन.आर.एन सिङ्गर सिजन वन-२०२३ कि फाइनालिष्ट गायिका गुना मगर (निशु) तमु (गुरुङ) समाज कतार र गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले सयुक्त रुपमा आयोजना गरेको एन.आर.एन आइडल सिजन-४ कि नृत्य बिधामा प्रथम भएकी कलाकार निरु श्रेष्ठ र फाइनालिष्ट कलाकारद्वय झरना राई र जुनु कुमाललाई कदर पत्र दिएर सम्मान गरिएको थियो।

कार्यक्रममा मातृ संस्था अन्तर्गत प्रवासी भुजेल समाजले कोसेली प्रदान गरेका थिए भने कार्यक्रमको अन्तमा सुनुवार संयोजक तथा कार्यक्रमका सभापति शुभराज सुनुवारले कार्यक्रम सफल बनाउन अहोरात्र खट्ने सम्पुर्ण टिम मिडियाकर्मी, पत्रकार, कलाकार लगायत प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै आगामी दिनहरुमा पनि यस्तै साथ सहयोगको अपेक्षा सहित कार्यक्रम समाप्न गरेका थिए।

किरात समुदायमा यो चाड बैशाख पुर्णिमा ताका अन्न बाली लगाउने र सिजनमा लगाएको बालिनाली सप्रीन्छ भन्ने बिश्वासका साथ भुमी पुज्दै आफ्नो पितृहरुलाई फेदाङ्बा/नछुङ राखेर पितृ पुजा गर्दै ढोल झ्याम्टा बजाउदै साकेला सिली/धान नाच/श्यादरसिल नाच्दै महान चाडको रुपमा निकै महत्त्वका साथ मनाउने चलन छ ।

 

तपाईलाई यो समाचार पढेर कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला धन्यवाद ।।

👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️

 

सम्बन्धित समाचार