प्रवासी भुजेल समाज कतारले मनायो उभौली पर्व (प्हुगाल पारिम)……

दोहा कतार – भुजेल जातिको बिकास र उन्नतिको आधार सास्कुतिक चेतना शिक्षा र रोजगार “ भन्ने मुल नाराको साथ प्रवास मा २०१० मा स्थापना भएको जातीय संस्था प्रवासी भुजेल समाज कतारले उभौली पर्व ( प्हुगाल पारिम)-२०२४ कार्यक्रम शुक्रबार दोहाको गोर्खा रेस्टुरेन्टको सभाहलमा आन्तरिक रुपमा मनाएको छ।

दोहा कतारलाई कर्मथलो बनाई बसेका भुजेल दाजुभाई दिदिबहिनीहरुको साथमा समाजका उपाध्यक्ष श्रीमान भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रम समाजका महासचिव दुर्गा भुजेलले सहजीकरण गर्नु भएको थियो भने समाजका वरिष्ठ उपाध्यक्ष सन्तोस भुजेलले उपस्थिति सम्पूर्णलाई स्वागत गर्दै स्वागत मन्तव्य र प्रमुख सल्लाहकार युवराज भुजेल, महिला संयोजक शारदा भुजेल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै समाजका संरक्षकद्वय नियम भुजेल र वीर बहादुर भुजेलले कार्यकालका सम्पूर्ण पदाधिकारीलाई धन्यवाद दिदै प्रवासमा रहेर कम्पनीको काम पछि बचेको समयलाई सदुपयोग गर्दै आफ्नो कला र सस्कुतीलाई जोगाउन खेलेको भूमिकाको खुलेर प्रशंसा गर्नु भएको थियो ।

पुजालाई समाजका संरक्षक शिव कुमार भुजेलले पुजा रामेको भुमिका गर्नु भएको थियो भने कार्यक्रममा सुर्य देउता, वायु, जल, जङ्गल, जमिन गरि पन्च देवताको पुजा आराधना गरि मनाइएको कार्यक्रम संयोजक रोज भुजेलले नेपाली जनता खबरलाई जानकारी गराउनु भएको हो।

कार्यक्रमको अन्तमा अध्यक्ष भुजेलले मिठो सेलरोटी र अचारको परिकार बनाई खुवाउने संस्थाकी उपाध्यक्ष गिता भुजेलको साथै कार्यक्रमलाई सम्पन गर्न कार्यक्रम संयोजक रोज भुजेल, यातायात संयोजक सन्तोष भुजेल लगायत आ-आफ्नो भुमिकामा रहेर जिम्मेवारी बहन गरि कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिदै कार्यक्रमको समापन गर्नुभएको थियो ।

तपाईलाई यो समाचार पढेर कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला धन्यवाद ।।

👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️

 

 

सम्बन्धित समाचार