हामी नेपाली वीर गोर्खाली’ गीत लिएर आए गायक तथा संगीतकार मनिपाल राई (भिडियो सहित)

काठमाडौ : भोजपुरको अरुण गाउँपालिका वडानम्बर–७ निवासी गीतकार, गायक तथा संगीतकार मनिपाल राईले हालै एन पि म्युजिक मिडियाको अफिसियल युटूव च्यानल मार्फत ‘हामी नेपाली वीर गोर्खाली’ गीत सार्वजानिक गरेका छन्।

 

बिगत लामो समय देखी गीत संगीतमा सक्रिय रहेका गायक तथा संगीतकार राईले बिभिन्न विधाका गीतहरु सार्वजानिक गरिसकेका छन्। हालै सार्वजानिक गरिएका गीत भने देश र राष्ट प्रेमी रहेको छ।

 

आफ्नो देशको कुना कञ्दरा, हिमाल पहाड र तराईमा बसोबास गरिरहेका सबै दाजुभाईहरुलाई समान रुपमा समेट्दै अव हामी नेपाली दाजुभाई एक भएर जुट्नु पर्छ, देशको मुहार फेर्नुपर्छ, भन्ने खाल्का शन्देश यस गीतबाट दिन खोजेको पाइन्छ।

 

यस गीतको शब्द रचना, संगीत र स्वर गायक राई को नै रहेको छ। शो गीतको संगीत संयोजन भने सन्दीप बान्तावा ले गरेका छन् । यस गीतलाई आजभन्दा ८/९ वर्ष अघि नै सार्वजानिक गरिएको थियो, अहिले पुर्ण नविकरण गरि सार्वजानिक गरिएको गायक राईले बताए ।

 

भिडियो :

सम्बन्धित समाचार