काठमाण्डौ : समाजसेवी पवित्रा गौतमले आफ्नो छोराको जन्मदिनको अवसरमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ४३ हजार ५ सय सहयोग गरेकी छन्।
नेपालमा बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले गौतमले उक्त रकम सरकारी आधिकारिक खातामार्फत कोषमा जम्मा गरेकी हुन्।
गौतमका छोरा हाल अस्ट्रेलियामा रहेका छन्। छोराको जन्मदिनलाई उत्सवमा मात्र सीमित नगरी विपद्मा परेका नागरिकको सहयोगमा योगदान गर्ने उद्देश्यले रकम सहयोग गरिएको उनले बताइन्।
“हामी नेपाली जहाँ रहे पनि आफ्नो देश र नेपालीको दुःखमा साथ दिन सक्नुपर्छ। हाम्रो देश हामीले नै बनाउनुपर्छ, अरू आएर बनाइदिन्छन् भनेर कहिल्यै आशा नगरौँ,” गौतमले भनिन्।
उनले विदेशमा रहेका नेपालीलाई समेत विपद्का बेला मातृभूमि र नेपाली नागरिकको सहयोगमा आफ्नो क्षमता अनुसार योगदान गर्न आग्रह गरेकी छन्।
गौतमले छोराको जन्मदिनको अवसरमा गरिएको सहयोगले मानवीय सेवा, सामाजिक उत्तरदायित्व र देशप्रतिको जिम्मेवारीलाई प्राथमिकता दिएको बताउँदै आफ्ना छोराछोरीमा पनि समाज र देशप्रतिको जिम्मेवारीबोध विकास गर्नुपर्नेमा जोड दिइन्।
उनले “देश रहे मात्र हामी रहन्छौँ” भन्ने भावना आत्मसात् गर्दै विपद्का समयमा एकअर्कालाई सहयोग गर्न सम्पूर्ण नेपालीमा आग्रह गरेकी छन्।




प्रतिक्रया दिनुहोस्