नुवाकोट सेव समाज कतारको आठौं अधिबेशन सम्पन्न नेतृत्वमा पुन दिपेन्द्र घले लामा……

दोहा कतार – “सेवा नै धर्म हो” भन्ने मुल नाराको साथ बि.सं.- २००६ मा कतारमा स्थापना भएको नुवाकोट सेवा समाज कतारको शुक्रबार सम्पन्न भएको आठौं अधिबेशन बाट अध्यक्षमा पुन दिपेन्द्र घले लामा सर्वसम्मत निर्वाचित भएका छ्न ।

समाजका अध्यक्ष घलेको सभापतित्व र एनसीसी कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यतामा सनैयाको प्लाजा मल स्थित सेन्चुरी रेष्टुरेन्टको सभाहलमा सम्पन्न कार्यक्रममा सस्थाका संरक्षक हरिराम खड्का, प्रमुख सल्लाहकार बिष्णु भण्डारी, बागमती प्रदेश समन्वय परिषदका अध्यक्ष ललित कुमार तामाङ लगायत बागमती प्रदेश अन्तर्गतका जिल्ला सस्थाहरु र केही बिशेष ब्यक्ति, कलाकार एवं पत्रकारहरुको उपस्थिति रहेको थियो भने संस्थाका सचिब शंकर पौडेल स्वागत मन्तव्य राखेका थिए ।

दिप प्रज्वलन सङ्गै व्यानर अनावरण गरि सुरु भएको खुल्ला सत्र कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए । मन्तव्यकै क्रममा प्रमुख अतिथि भट्टले प्रवासमा रहेका सम्पुर्ण नेपालीहरुलाई सचेत गराउदै सरकारले संचालन गरेको सामाजिक सुरक्षा कोषको बारेमा प्रष्ट पारेका थिए । भट्टले प्रवासमा रहदै गर्दा प्रत्यक्ष दुई वर्षमा अनिवार्य रुपमा श्रम स्वीकृती नवीकरण गर्नु पर्ने र त्यसो गरे मात्र कुनै भवितव्य अथवा आराम बिराम र दुर्घटनामा परि अङ्ग भङ्ग भएको खण्डमा आफुले पाउने सम्पुर्ण सेवा सुबिधा पाउन सकिने बताए।

संस्थाका महासचिव बिकास लामाले सहजीकरण गरेको कार्यक्रमको अन्तमा सभापति लामाले आफ्नो निमन्त्रणालाई स्वीकार गरि उपस्थित भएर कार्यक्रम सफतापुर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिदै खुल्ला सत्र कार्यक्रमलाई बिट मारेका थिए भने कार्यक्रम अवधिभर कतारलाई कर्मथलो बनाउदै काएका कलाकारहरुले विभिन्न साङ्गीतिक प्रस्तुतिहरु पनि पस्केका थिए ।

खुल्ला सत्र लगतै सुरु भएको बन्द सत्र कार्यक्रमले दिपेन्द्र घले लामालाई सर्वसम्मत अध्यक्षमा पुन दोहोर्याउने निर्णय गर्दै बीस सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। जसमा अध्यक्ष-श्री दिपेन्द्र घले लामा, बरिस्ठ उपाध्यक्ष-हिरे तामाङ, उपाध्यक्षद्वय-उत्तम भट्ट र बुद्धिमान तामाङ, महिला उपाध्यक्ष-मिरा तामाङ, महासचिव-विकास लामा, सचिव-शंकर पाैडेल, सचिव- शुन्दर भट्ट, महिला सचिव-राधिका घले अधिकारी, काेषाध्यक्ष-दिनेश राज अधिकारी, सह-काेषाध्यक्ष-प्रेम तामाङ, कार्यसमिति सदस्यहरुमा-बिबराम तामाङ, सुब बहादुर तामाङ, मन माया तामाङ, कामुनाल तामाङ, रमेश के.सी, दिल माया तामाङ, यमुना राई, मुस्कान गुरुङ र राम प्रसाद वाग्ले रहेका छन ।

 

तपाईलाई यो समाचार पढेर कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला धन्यवाद ।।

👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️

 

सम्बन्धित समाचार