परियार मित्रता समाज कतारको पाँचौ अधिबेशन सम्पन्न नेतृत्वको जिम्मेवारी सुमनलाई ….

दोहा कतार – “हातमा हात काँधमा काँध मिलाई अघि बढौ र बढाऔं” भन्ने स्लोगनलाई मुल नारा बनाई – २०१३ – मा स्थापना भएको परियार मित्रता समाज कतारको पाचौं अधिबेशन शुक्रबार सम्पन्न भएको छ।

सनैयामा रहेको फुलबारी रेष्टुरेन्टको सभाहलमा समाजकी कार्यबाहक अध्यक्ष उषा परियारको सभापतित्व, कतारका लागि नेपाली कार्यबाहक राजदुत कुमार राईको प्रमुख आतिथ्यता र कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, बैचारिक संस्थाका प्रमुख एंव प्रतिनिधिहरु लगायत समाजसेवी, बुद्धिजीवी, कलाकार पत्रकारहरुको बाक्लो उपस्थितिमा सम्पन्न भएको अधिबेशन कार्यक्रमबाट सुमन नेपाल परियार अध्यक्षमा सर्वसम्मत चयन भएका छन ।

दिप प्रज्वलन गरि नेपाली राष्ट्रिय बजाएर पश्चात परियार जातिले नै बजाउने तर नेपालमा अत्यन्तै प्रचलित पुरानो मौलिक बाजा पन्चेबाजाको पुजा सङ्गै सोही बाजा बजाएर खुल्ला सत्र कार्यक्रम सुरु भएको थियो । कार्यक्रममा उपस्थित भएका अतिथिहरु मध्य अधिकांशले आ-आफ्नो शुभकामना मन्तव्य राखेका थिए ।

जस अन्तर्गत कार्यक्रमका प्रमुख अतिथि राईले नयाँ बन्ने कार्यसमितिलाई कार्यकाल सफलताको अग्रिम शुभकामना दिदै जातियता र धार्मिकताको बिषयमा आफ्नो भनाई राखेका थिए उनले सरकारले जातीय बिभेदको बारेमा प्रष्ट कानुन बनाएको भए पनि नेपाली समाजमा अझै संविधानमा उल्लेख भए अनुसार ब्यबहारिक रुपमा जातिय बिभेदको अन्त्य हुन नसकेको बताउदै अबको पिडिले परम्परागत रुपमा चल्दै आएको रुढीबादी प्रचलनको अन्त्यको लागि सोच्नु पर्ने बेला आएको बताए ।

कार्यक्रममा समाजका संस्थापक सह-कोषाध्यक्ष सुमन नेपाल परियारले उपस्थित सबैलाई सम्बोधन गर्दै स्वागत मन्तव्य राखेपछि महासचिव सुनिल परियारले समाजको सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने खुल्ला सत्र कार्यक्रम अवधिभर कतारमा स्थापित कलाकारहरुले विभिन्न बिधाका साङ्गीतिक प्रस्तुतहरु पस्केका थिए।

समाजका महासचिव सुनिल परियार र अनिल परियारले पालो गरि सहजीकरण गरेका अधिवेशन कार्यक्रम मार्फत समाजका संरक्षक, प्रमुख सल्लाहकार सहित समाजलाई विभिन्न कालखण्डमा सहयोग गर्ने सहयोगी व्यक्तिहरु, पत्रकार, कलाकारहरुको साथै खेलाडीहरूलाई समेत सम्मान पत्रद्वारा सम्मान गरिएको थियो भने पन्चेबाजाले हलको माहोल तताएको थियो।

खुल्ला सत्रको अन्तमा सभापति परियारले कार्यक्रम सव्य-भव्य रुपमा सफल बनाउने लागि पर्ने सम्पुर्ण कार्यसमिति टिमलाई र हलमा उपस्थित सबैलाई धन्यवाद दिदै कार्यक्रम समापनको घोषणा गरेकी थिइन ।

खुल्ला सत्र कार्यक्रम सकिए लगतै सुरु भएको बन्द सत्र कार्यक्रमबाट सुमन नेपाल परियार सहित १३ सदस्यीय कार्यसमिति चयन भएका छन । जसमा अध्यक्ष-सुमन नेपाल परियार, वरिष्ठ उपाध्यक्ष- गुप्त परियार, उपाध्यक्ष-बालन परियार, महिला उपाध्यक्ष-अनिता परियार, महासचिव-प्रताप चाहार, सचिव-प्रकाश परियार, कोषाध्यक्ष-छविलाल परियार र सह कोषाध्यक्ष-सालिक परियार रहेका छन भने सदस्यहरूमा अमरसिंह परियार, श्याम परियार, विनोद परियार, रिया परियार र पुनम परियार रहेका छन । सर्वसम्मत निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक बालकृष्ण भित्रिकोटीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

तपाईलाई यो समाचार पढेर कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला धन्यवाद ।।

👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️

 

 

 

सम्बन्धित समाचार