
दोहा कतार – प्रवासी भुजेल समाज कतारले आफ्नो १४औं स्थापना दिवसको अवसरमा चेलीबेटी भेटघाट तथा साँस्कृतिक कार्यक्रम आगामी शुक्रबार गर्ने भएको छ।
हिन्दु धर्मावलम्बीहरु एवं आस्थावान नेपाली नारीहरुको महान पर्व हरितालिका तिज सकिएता पनि समाजले आफ्नो स्थापना दिवसको अवसर पारेर कार्यक्रमको आयोजना गरेको समाजका अध्यक्ष बिकाश भुजेलले नेपाली जनता खबरलाई जानकारी गराएका छ्न ।

उनले “भुजेल जातिको विकास र उन्नतिको आधार, साँस्कृतिक चेतना, शिक्षा र रोजगार” भन्ने मुल नाराको साथ कतारमा सन् – २०१० मा स्थापना भएको समाजले विभिन्न सामाजिक कार्यहरुमा प्रत्येक्ष अप्रत्यक्ष रुपमा सहभागी हुँदै हरेक चाडपर्वहरु पनि मनाउदै आएको र १४औं स्थापना दिवस पनि चेलीबेटी भेटघाट तथा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरेर मनाउन लागेको बताए ।
आगामी शुक्रबार अर्थात १३ सेप्टेम्बर २०२४ को दिन बिहान ११:०० बजेबाट प्लाजामल स्थित वेलफेयर रेष्टुरेन्टको सभाहलमा हुने कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको जानकारी गराउदै उक्त दिन सम्पुर्ण दोहाबासी भुजेल तथा गैर भुजेल दाजुभाई दिदिबहिनीहरुलाई उपस्थितिको लागि आयोजक समितिले अनुरोध पनि गरेको छ ।



 
				
					
 
			
 
                             
                             
                             
                            
प्रतिक्रया दिनुहोस्