नेपाल प्रवासी तामाङ समाज कतारको १०औं अधिवेशन अक्टोबर -४ मा हुने…..

दोहा कतार- “तामाङ जातिको परिवर्तन, शैक्षिक तथा आर्थिक सुदृढीकरण” भन्ने मुल नारालाई आत्मसात गर्दै कतारमा सन्- २००५ मा स्थापना भएको नेपाल प्रवासी तामाङ समाज कतारको १०औं अधिवेशन आगामी अक्टोबर- ४ तारिक सनैया प्लाजामल स्थित वेलफेयर रेष्टुरेन्टको सभाहलमा हुने भएको छ ।

समाजले नेपाल प्रवासी तामाङ समाज कतारको बिधान (२००५) छैटौं संसोधन सहितको परिच्छेद- १४ को (ख) मा भएको प्राबधान अनुसार नै अधिवेशन कार्यक्रम गर्न लागेको प्रष्ट पार्दै बैधानिक सदस्यता नभएका व्यक्ति तथा सदस्यलाई अधिवेशनको निर्वाचन समितिले बन्दसत्र कार्यक्रममा सहभागी हुन अयोग्य मान्ने भएकोले यहि आउँदो २७- सेप्टेम्बर २०२४ शुक्रबार सम्मको लागि सदस्यता फारम खुल्ला गरिएको एक सूचना मार्फत जानकारी गराएको छ ।

साथै अधिवेशन अगाबै नयाँ सदस्य बन्न र पहिला नै सदस्यता लिई म्याद सकिएका सदस्यहरुले वर्तमान कार्यसमिति अथवा निर्वाचन समितिका सदस्यहरुलाई जुनसुकै बेला सम्पर्क गरि सदस्य बन्न र सदस्यता नवीकरण गर्न सकिने पनि समाजका अध्यक्ष सुवास तामाङले नेपाली जनता खबरलाई जानकारी गराएका छन् ।

तामाङले कार्यक्रममाको लागि कतारमा स्थापित सम्पुर्ण संघ सस्था, बैचारिक संस्था, समाजसेवी, बुद्धिजीवी, सामाजिक अभियान्ताहरु, कलाकार, पत्रकार लगायत सबैलाई पत्राचार गारिसकेको र कार्यक्रम सफल बनाउनको निमित्त सबै कतारबासी तामाङ एवं गैर तामाङ दाजुभाइ दिदिबहिनीहरुलाई उपस्थितको लागि अनुरोध गर्दै कार्यक्रमको तयारी तीब्र गतिमा भइ रहेको समेत बताएका छ्न भने कार्यक्रम बिहान ठिक ११:०० बजेबाट सुरु हुने तालिका रहेको छ ।

तपाईलाई यो समाचार पढेर कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला धन्यवाद ।।

 

सम्बन्धित समाचार