सर्लाही प्रवासी सेवा समाज कतारको ११औं अधिवेशन १६औं स्थापना दिवस आउने शुक्रबार….

वायु प्रधुशन
nepalijanatakhaba

दोहा कतार – ” सर्लाही प्रवासीहरुको चाहना, सभ्य र समृद्ध समाजको स्थापना” भन्ने मुल नारालाई आत्मसात गर्दै कतारमा सन् -२००८ मा स्थापना भएको एउटा पुरानो संस्था सर्लाही प्रवासी सेवा समाजले आफ्नो ११औं अधिवेशन आगामी शुक्रबार अर्थात ११ अक्टोबर- २०२४ मा हुने भएको छ ।

संस्थाको १६औं स्थापना दिवसको अवसर पारेर दशैं तिहार एवं छट पर्वको शुभकामना आदानप्रदानको साथमा विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजना गरि सनैयाको प्लाजामल स्थित वेलफेयर रेष्टुरेन्टको सभाहलमा ११औं अधिवेशन गर्न लागेको समाजका अध्यक्ष प्रकाश आले मगरले नेपाली जनता खबरलाई जानकारी गराएका छन ।

उनले बिहान ठिक ११:३० बजेदेखि सुरु हुने उक्त कार्यक्रमको लागि कतारमा स्थापित सम्पुर्ण संघ संस्था, बैचारिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, सामाजिक व्यक्तित्वहरु, समाजसेवी, बुद्धिजीवी, ब्यवसायी, सामाजिक अभियान्ताहरु, मिडियाकर्मी, पत्रकार, कलाकारहरु सबैलाई पत्राचार गरिसकिएको पनि बताएका छन ।

मगरले यदि कसैले कारण वस पत्र पाउनु भएको छैन भने पनि यसै समाचारलाई आधार मानी कार्यक्रमलाई भव्य रुपमा सफल बनाउनको लागि सहयोग गरिदिन अनुरोध गर्दै कार्यक्रमको सम्पुर्ण तयारी पूरा भइ सकेको जानकारी गराएका छन भने कार्यक्रममा कतारमा रहेर कलाकारितामा स्थापित भइसकेका आधा दर्जन भन्दा बढी कलाकारहरुको बिशेष साँङ्गीतिक प्रस्तुतिहरु सङ्गै रम्न अनि रमाउन सकिने पनि आयोजना समितिले बताएको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्टलाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

 

 

 

nepalijanatakhabar

समबन्धित समाचार