गुल्मी सेवा समाज कतारको आयोजनामा शुक्रबार हुने विशेष साँस्कृतिक कार्यक्रममा आफ्नो साङ्गीतिक प्रस्तुति दिन लोकप्रिय गायिका शान्तारानी परियार कतार आउने…..

दोहा कतार – गुल्मी सेवा समाज कतारको आयोजना तथा लुम्बिनी प्रदेश समन्वय परिषद कतारको समन्वयमा प्रदेश अन्तर्गतका जिल्ला संस्थाहरुको सह-आयोजनामा सस्थाको आकस्मिक कोष स्थापना सहयोगार्थ वडा दशैं, शुभ दिपावली तथा छट पर्व विशेष बृहत साँस्कृतिक कार्यक्रम आगामी शुक्रबार अर्थात २५ अक्टोबरको दिन सनैयामा रहेको फुलबारी रेष्टुरेन्टको सभाहलमा हुने भएको छ ।

उक्त साँस्कृतिक कार्यक्रममा पछिल्लो समय “शिरफुल शिरको मेरो मयालु गुल्मी तिरको” भन्ने बोलको गीत गाएर एकाएक चर्चामा आएकी लोकप्रिय राष्ट्रिय लोक तथा दोहोरी गायिका शान्तारानी परियार आफ्नो साङ्गीतिक प्रस्तुति दिन कतार आउने भएकी छिन । उनी सङ्गै कतारमा रहेर पनि कलाकारितामा स्थापित भइ सकेका करिब १ दर्जन कलाकारहरुको उत्कृष्ट प्रस्तुति रहने समाजका सचिब दर्शन सुनारले नेपाली जनता खबरलाई जानकारी गराएका छन ।

उनले बिहान ठिक ११ बजेबाट सुरु हुने कार्यक्रमको आवश्यक तयारी अन्तिम चरणमा पुगेको र कार्यक्रममा उपस्थितिको लागि कतारमा रहेका सम्पुर्ण संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, बैचारिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, बिशिस्ट व्यक्तित्व, समाजसेवी, बुद्धिजीवी, सामाजिक अभियान्ता, व्यवसायी, मिडियाकर्मी, पत्रकार, कलाकार लगायत सम्पुर्णलाई पत्राचार गरिसकिएको पनि बताएका छन ।

“गुल्मी सेवा समाज कतारको प्रतिबद्धता, नि:स्वार्थ समाज सेवा आजको आवश्यकता” भन्ने मुल नारालाई आत्मसात गर्दै कतारमा बि.स. २०५९ (सन् २००३) मा स्थापना भएको समाजले सामाजिक सहयोगको लागि विभिन्न कालखण्डमा यस्ता कार्यक्रमहरुको आयोजना गर्दै गरिब, दुखी, जेहेन्दार विद्यार्थी, बाढी पहिरो तथा भुकम्प पिडितको साथै वृद्ध आश्रमहरुमा सहयोग पुर्याउदै आएको छ भने यो कार्यक्रममा नेपाली जनता खबर पनि मिडिया पार्टनरको रुपमा रहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्टलाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

 

 

सम्बन्धित समाचार